Wednesday, April 27, 2016

अनेसास च्याप्टर सम्मेलनका लागि सल्लाहकार समिति गठन

Inls

अमेरिकाको लसएञ्जलसमा आयोजना हुने “अनेसास च्याप्टर सम्मेलन”को उच्च स्तरिय समितीको बैठकले सल्लाहकार समिति गठन गरेको छ | अनेसासका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षमा बसेको बैठकको निर्णय अनुसार सल्लाहकारहरूमा डा. श्याम कार्की , होमनाथ सुबेदी , डा. खगेन्द्रप्रसाद लुइँटेल , गीता खत्री , ऋषि ढकाल , भक्त थापा , मुकुन्द ढुंगाना , बेदभक्त जोशी , उमा कार्की थापा र राजेन्द्र सिवाकोटीलाई चयन गरेको हो |

अनेसासको २५ बर्षे इतिहासमा प्रथम पटक मेको २० देखि २२ सम्म आयोजना हुन लागेको सम्मेलनको उच्चस्तरीय समितिमा अध्यक्ष विश्वकर्मा सहित सदस्यहरूमा अनेसासका बरिष्ट उपाध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्ष राम खत्री , महासचिव गोबर्धन पूजा र लसएञ्जलस च्याप्टरका अध्यक्ष शान्तिराम ढकाल रहेका छन् | सम्मेलनका लागि बिभिन्न उपसमितिहरू पनि गठन भैसकेका छन् |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...