डिसी महानगर क्षेत्रको भर्जिनियामा अप्रिल २३ तारिखमा हुने सामाजिक अभियानका लागि हुने सांगीतिक कार्यक्रमको पुर्व सन्ध्यामा समुदायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l
अप्रिल २३ तारिख शनिबार हुने सांगीतिक कार्यक्रम घाँसी नेपाल’मुख्य आयोजना तथा डिसी महानगर क्षेत्रका संघ तथा संस्थाको सहयोगमा हुने भएको छ l
उक्त अन्तरक्रिया कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरु मध्ये महानायक राजेश हमालले आफु घांसी नेपालमा कसरि संलग्न भए भनि जानकारी दिएका थिए l
नायक हमालले भने अमेरिकाका विभिन्न शहरमा कार्यक्रम प्रस्तुत गर्दै उठेको आर्थिक रकमले नेपालको भूकम्पग्रस्त विध्यालयको पुन निर्माणका लागि प्रयोग हुने बताए l आफु स्वयम् नेपालका ग्रामिण क्षेत्रमा रहेका बिद्यालयमा अबलोकन गरेको बिद्यालय तथा बिद्यार्थीको अवस्था दयनीय देखेको बताए l
घासी नेपालका अध्यक्ष माधव घिमिरेले घासी संस्था शिक्षा संग सम्बन्ध छ l र यस्को उदेस्यको प्रकाश पर्दै १६ बर्ष देखि शिक्षामा काम गरि रहेको बताए l उनले अगाडी भने भूकम्पबाट भत्किएका बिद्यालयलाई पुनर्निर्माण गर्ने मुख्य उदेस्य रहेको बताए l आफु भित्र देखि केहि गरु भनि लागेकोले यस काममा लागेको बताए l
यस्तै गरि राजेश पायल राई तथा हास्य कार्यक्रम प्रस्तोता हास्य कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीले हामी बिसेष कारणको लागि अमेरिका आएका हौ l हामी पवित्र कामका लागि आएका हौ भने l हामी भत्किएका बिद्यालय बनाउन आएका हौ भन्दै राजेश हमालको उमेर बारेमा हास्य व्यंग्यको चुटकिला प्रस्तुत गर्दै उपस्थित सहभागीलाई हसाएका थिए l
राजेश पायल राईले तपाई यहाँ भएकोले हामि कलाकार यहाँ आउन पाएकोले खुसि व्यक्त गरेका थिए भने यसै गरि अर्का कलकार सन्दिप क्षेत्रीले यो अभियानको सफलता भनेको नै यहाँहरुले कति सहयोग गर्नु हुन्छ यसमा भर पर्ने बताए l
कार्यक्रममा प्रश्न उत्तर पनि राखिएको थियो भने कार्यक्रम संचालन कृष्ण भण्डारीले गरेका थिए l धन्यबाद ज्ञापन घांसी नेपालका सल्लाहकार राम भण्डारी छेत्रीले गरेका थिए भने गैर आवासीय नेपाली संघका भर्जिनिया शाखाका अध्यक्ष मुक्ति दवाडीले कार्यक्रम समापन गरेका थिए l
No comments:
Post a Comment