Saturday, April 2, 2016

खोजीमा

 

940831_1089912414362250_914228687628203264_n

कुनै बिरानो माटोमा भ्यागुते गुप्तबासजस्तै
स्वर र सिर्जना
शौचालयको गोप्य कोठीमा
निसन्देश थन्क्याएर
पौरुसत्त्व बिर्सदै
एउटा तालिकाको लगाममा लेकबेसी गर्दछन सासहरु

जीवन सिर्जने अमिगो
ढुंगामाथि कोमलता सम्झदै
न्यानो छाती र कोमल हातहरु
स्म्मृतिमा कतै छाडेर
हिउँको ठिहीमा
अंकमाल गर्दछन
रातिको मध्यान्नमा
कठोरता ,बाध्यता र बिबशता

बोटको कोमल फूललाई
मायाबी हातले निमोठेर कागजको सेता छातीमा
गुलाबको सुन्दर आकृति कोर्दै
पटक-पटक चुम्बन गर्दछन
बेवारिशे मनहरु

मीठा सपनाहरुको ताँतीमा
हिमाली हाँसोहरु
पहाडी सुन्दरता
र देहाती उर्बरताहरु
निरन्तर स्खलित हुन्छन्
सृजनाहिन दुर क्षितिजका माटोमा
र कोरिञ्छन सुन्दर सपना
हिमालयको फेदीमा ,पाखामा र खलिहानमा

तर,
सभ्यताको पछि-पछि दौडदा
गुम्दछन पुरुषत्व,अस्तित्त्व र रास्ट्रियता
आत्मियता ,पहिचान र स्व
शुक्राणुहरु घुल्दछन
काला ,निला,खैरा अनेकौ विषादिमा
र गुमाउछन्
सिर्जना र मौलिकताहरु
र बाँच्दछन अन्तरघुलनमा आत्माहरु
यौटा पृथक आउटसाइडर भएर
उज्यालोको खोजीमा
पहिचानको खोजीमा
सृजनाको खोजीमा
अस्तित्त्वको खोजीमा
सपनाको खोजीमा
सम्पनाताको खोजीमा
जन्मभूमिको खोजीमा
तर ,कुनै आध्यारो कोठीमा सुनिन्छ
यहाँ सबै गर्भहरु तुहाइञ्छ
Virginia ,USA

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...