Friday, April 1, 2016

जिप दुर्घटनामा चालक गम्भीर घाइते

Road Accidentचौतारा, १९ चैत । सिन्धुपाल्चोकको बाडेगाउँ गाविसमा आज अपराह्न जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

गम्भीर घाइते जिप चालक राजन भुजेललाई उपचारका लागि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा लगिएको छ । अन्य चार जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्लाको बाहुनेपाटीबाट बाडेगाउँ गाविसतर्फ जाँदै गरेको बा१च ९९२१ नंको बलेरो जिप वडा नं ४ स्थित जङ्गलको उकालोमा पुगेपछि ‘ब्रेक फेल’ भई सडकबाट करिब एक मि तल खसेर रुखमा अड्किएको प्रहरीले जनाएको छ । घाइते सबै सोही गाविस निवासी भएको थाहा भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...