Saturday, April 23, 2016

महामन्त्री कोइरालाको पहलमा सकियो अमेरिका काँग्रेसको झगडा

NC ny 1

पुरुषोत्तम ढकाल, लस-एन्जलस, १२ बैशाख । दुई साता लामो अमेरिका भ्रमणमा शुक्रबार बिहान न्युयोर्क आइपुग्नु भएका नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले जनसम्पर्क समिति अमेरिकाको विवाद शुक्रबार साँझ द्धिपक्षीय छलफल आयोजना गरेर टुंग्याई दिएका छन् ।

जनसम्पर्क समिति अमेरिकाको आन्तरिक कलह र झगडाले दुखी बनेका प्रजातन्त्रवादी नेपाली अमेरिकनको निन्याउरो अनुहारमा एकता, मेलमिलाप र खुसीको संचार प्रवाह गर्ने महामन्त्री कोइरालाको सार्थक प्रयासलाई समितिका सभापति आनद बिष्टको त्याग, पूर्व संयोजक बिष्णु सुबेदी र नेता बेद खरेलको समन्वयमा तयार गरिएको लिखित सहमतिमा दुवै पक्षले हस्ताक्षर गरी विवाद निरुपण गरिएको हो ।

NC ny 2

शुक्रबार रातिनै महामन्त्री कोइरालाले विवाद निरुपणको लागि सभापति आनन्द बिष्ट र नेता बेद खरेलले आघि सारेको दुवै पक्षले आत्मा आलोचना गरी लिखित प्रस्ताव मार्फत सहमति गरेर विवाद निरुपण गर्ने प्रस्ताव सहर्ष स्वीकार्दै महामन्त्री मुनिद्र नेम्वाङ्गलाई पार्टीको विधि, प्रक्रिया र बहुमतको निर्णय मान्न आग्रह गरेका थिए । महामन्त्री कोइरालाको सामुन्ने सभापति बिष्टले समितिको बैठक डाकी प्रस्ताव पूर्ण बहुमतले अनुमोदन गरेर प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

तर विवादको अर्को पक्ष महासचिव मुनिन्द्र नेम्वांगले हस्ताक्षर गर्न आनाकानी गरे पछि महामन्त्री कोइरालाले सभापति आनन्द बिष्टले शेर्पा हलमा शनिबार आयोजना गर्ने कार्यक्रममा मात्र आफु सहभागी हुने स्पष्ट जानकारी दिए पछि नेम्वाङ्ग सहमतिको लागि सकारात्मक बनेका थिए । यद्यपि शनिबार बिहान प्रस्तावित सहमति पत्रमा हस्ताक्षर गरी महामन्त्री कोइरालाको एकता प्रस्ताव सार्थक बनाउदै प्रजातन्त्रवादी नेपाली अमेरिकनको निन्याउरो अनुहारमा एकता, मेलमिलाप र खुसीको संचार प्रवाह गर्ने मार्ग प्रसस्त गरेका थिए ।

NC ny

हस्ताक्षर गरे लगत्तै शनिबार बिहान महासचिव मुनिन्द्र नेम्वांगले समितिको न्युयोर्क च्याप्टरले आयोजना गर्ने भनिएको विवादास्पद कार्यक्रम रद्ध भएको घोषणा गर्दै सभापति बिष्टले आयोजना गरेको पुर्व निर्धारित शेर्पा हलको कार्यक्रममा सबैलाई सहभागी हुन् आग्रह गर्दै विवाद सकिएको घोषणा गरेका थिए ।

स्मरण रहोस भर्खरै सम्पन्न नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिमा आफुलाई नसमेटेको भन्दै महासचिव मुनिन्द्र नेम्वांग र बरिष्ठ उपसभापति धनन्जय नरिसंह केसीले निर्वाचित सभापति आनद बिष्ट र उनको कार्य समिति भंग भएको भन्दै विधान विपरित समानान्तर कार्य समिति घोषणा गरे पछि उनीहरुलाई बिष्टको कार्य समितिले कारवाही गरेको थियो ।

सहमति लगत्तै सभापति बिष्टले दिएको जानकारी अनुसार विवाद निरुपणको लागि महामन्त्री कोइरालाको रोहवरमा महासचिव नेम्वांग र आफुले हस्ताक्षर गरेको र दुवै पक्षले आत्म आलोचना गर्दै लिखित सहमति मार्फत एकता र सहकार्यका लागि विवादित पक्षको कारबाही फिर्ता गरिएको छ ।

स्रोतले दिएको जानकारी अनुसार सहमति पत्रमा लेखिएको छ, ‘जनसम्पर्क समिति अमेरिकामा देखिएको विवाद समाधानको लागि दुवै पक्षले आत्मा आलोचना गर्ने र संगठनको हितमा एकता र सहकार्य गर्न महामन्त्री कोइरालाको रोहवरमा सहमति भएको व्यहोराको पत्रमा सभापति बिष्ट, महासचिव नेम्वांग, मोरंगका महाधिबेशन प्रतिनिधि डा. शुनिल शर्मा र समितिका पूर्व संयोजक बिष्णु सुबेदीले हस्ताक्षर गरेका छन् ।

सभापति बिष्टले विवाद निरुपणका लागि सहयोग गर्नु हुने नेता बेद खरेल, पूर्व संयोजक खगेन्द्र जिसी, बिष्णु सुबेदी र आफ्नो कार्यसमितिले दिएको साथ् र समर्थनका लागि आभार प्रकट गरेका छन् ।

महामन्त्री कोइराला आइतबार बिहान भर्जिनिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...