Friday, April 1, 2016

नारी

unnamed

घरको उज्यालो बत्ति हौ, किन कि तिमी नारी हौ i
जीवनको अथाह शक्ति हौ, किन कि तिमी नारी हौ
धर्ति हौ तिमी, जसले आकाशको अर्थ बोकेको छ
तिम्रो सहनशीलताले, कैयौं आंधी हुरी रोकेको छ |

तिम्रो आगमनले हरेक घरमा, खुशिको लहर छाएको छ
तिम्रो ममताको आँचलमा, सन्तानले जीवन पाएको छ
ठूली हौ या तिमी सानी हौ, सबैको आँखाकि नानी हौ
आमा, बैनी वा प्रेयसी हौ, अवश्य ममताकी खानी हौ |

छोरा र छोरी समान हुन्, नगर्नु कुनै भेदभाव
छोरी भनेर हेला गरे, लाग्नेछ जीवनमा ठूलो पाप
शिक्षा दीक्षा देउ बराबर, बरावर मिलोस अवसर
मलजल सहित स्याहार गरे, नहुने फल नै के छ र !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...