अमेरिकाको ओहायो राज्यमा शुक्रबार मध्य राति मस्त सुतेको अवस्थामा परिवारका ८ सदस्यलाई गोलि हानि हत्या गरिएको छ l परिवारका ८ सदस्य सहित ४ दिन को शिशुको साथमा सुति रहेकी आमालाई समेत टाउकोमा गोलि हानी हत्या गरिएको छ l
४ दिनको शिशु सहित तीन बालबालिका बाच्न सफल भएको समाचार एसोसिएट प्रेसकि द्वय पत्रकार ड्यान सेवेल तथा लिसा कर्नवेल ले सिन सिनाटी तथा मार्क गिलिस्पीले केल्वल्याण्ड बाट लेखेका छन् l
ओहायो राज्यको गाउँमा हत्या गरिएको जानकारी पाइक काउन्टीका महा न्यायधिवक्ता माइक डे वाईन तथा प्रहरी चार्ल्स रिडर्सले जानकरी गराएका छन् l झन्डै २८ हजार जनसंख्या रहेको उक्त पहाडै पहाड भएको क्षेत्र आर्थिक रुपमा निकै कठिनाई खप्दै आएको गाउँ ओहायो राज्यको सिनसिनाटि देखि ८० माइल पुर्व पर्दछ l
अत्यन्तै खतरा पुर्व रहेको सामुहिक हत्याका अपराधी अझ फरार रहेको जनाईएको छ l करिब २ देखि ३ जना सम्मले यस्तो जघन्य अपराध गरेको हुन् सक्ने अनुमान गरिएको छ l ४ दिन कि सुत्केरी आमालाई हत्या गरिएको छ भने ६ महिमा का ३ बर्षका बालबालिकालाई कुनै चोट नलागी बाच्न सफल भएको जनाईएको छ l
अनुसन्धानको लागि झन्डै ३० जना संग सोधपुछ गरिएको छ l के कारणले हत्या गरिएको हो भन्ने अझ पनि रहस्यमय नै रहेको छ भने रोधन परिवारकि त्यी सदस्यलाई साबधान बस्न आग्रह गरिएको छ l
तस्बिर श्रोत : युएसटुडे / एपी जन मिनसिलो
No comments:
Post a Comment