Monday, April 4, 2016

बसन्त फिल्मस् प्रालि द्वारा विमलराज क्षेत्रि र कल्पना काफ्ले सम्मानित

_MG_5870

(बसन्त फिल्मस् प्रा.ली.दोहा कतारले नेपाल लोक दोहोरि प्रत्तिस्ठानका केन्दीय दितीय उपाध्यक्ष लोक दोहोरि गायक विमलराज क्षेत्रि तथा लोकदोहोरी गायिका कल्पना काफ्लेलाई सम्मान गरेको छ । पर्वत सेवा समाज कतारले आयोजना गरेको पर्वत सांस्कृतिक धमाका कार्यक्रमको लागि कतार आएकका कलाकारहरुलाई बसन्त फिल्मस् प्रा.ली.दोहा कतारले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

_MG_5829

दोहाको होमल्याण्ड रेस्टुरेन्टमा आयोजीत बिदाई तथा सम्मान कार्यक्रमलाई बसन्त फिल्मस्

प्रा.लीका प्रबन्ध निर्देशक ईश्वर काफ्लेले सभापतित्व गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि

नेपाली जनसम्पर्क समिति कतारका सभापति बिमल सुवेदी रहनुका साथै बिशेष अतिथिहरुमा

बसन्त फिल्मस् प्रालीकी प्रमुख सल्लाहकार माया केसी,नेपाल लोकदोहोरी प्रत्तिस्ठानका दितीय उपाध्यक्ष चर्चित लोकदोहोरी गायक विमलराज क्षेत्रि, नेपाल लोकदोहोरी प्रत्तिस्ठानका केन्दीय सदस्य चर्चित लोकदोहोरी गायिका जमुना राना मगर, चर्चित लोकदोहोरी गायिका कल्पना काफ्ले,तराई मधेस लोकतान्त्रिक पार्टी कतारका अध्यक्ष हुसेन खान,समाजसेवी चानक पोखरेल, समाजसेवी मो.मक्तदा रहेका थिए भने अतिथिहरुमा गायक एवंम् संगीतकार रेम के लामा, अर्घाखाची सेवा समाजका अध्यक्ष युवराज पाण्डे,पाल्पाली सेवा समाजका अध्यक्ष लिलम चीदी मगर, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था कतार शाखाका अध्यक्ष रमेश दर्नाल,दाङ देउखुरी सेवा समाजका का.वा.अध्यक्ष बसन्तराज पुरी, स्याङ्जा सहयोग समाजका उपाध्यक्ष अबु बकर अलि,पर्वत सेवा समाजका प्रमुख सल्लाहकार पूर्ण नेपाली, एस.बी फिल्मसका डाइरेक्टर नारायण ढुंगाना, नव प्रतिभा सांस्कृतिक परिवारका सल्लाहकार बलहरि राना,सु.प. सेवा समाज, कास्की आदर्श सेवा समाज, खस क्षेत्रि सेवा समाज, , समाजसेवी केसब भुसाल, केदार भुसाल,दिल भटराई, ई.तारा आधिकारी,मोडेल सुमित्रा लामिछाने,राजेन्द्र काफ्ले तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु कलाकारलाई माया गर्ने व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

_MG_5815

प्रवासमा स्थापित तथा सञ्चालित सस्था र कलाकारको सम्बन्ध नङ र मासु जस्तै रहेको छ ।

कलाकारलाई अगाडी बढ्न हौशला दिनु एउटा हाम्रो दायित्व हो । बसन्तफिल्मस् प्रा.ली. कलाकारहरुको सम्मान कार्यक्रममा अग्र पङ्क्तिमा रहेको छ । कतारमा आयोजना हुने कार्यक्रमहरुमा बिभिन्न देश तथा नेपाल बाट आउने कलाकारहरुलाई सम्मान गर्दै अईरहेको बसन्तफिल्मस् प्रा.ली.ले बिभिन्न समयमा आपत-विपदमा परेका दिन दुखिहरुका लागि आर्थिक सहयोग समेत गर्दै आइ रहेको छ । राष्ट्रिय गान संगै सुरु भएको सो कार्यक्रममा संस्थाका सल्लाहकार केशब कंडेलको स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख आथिति बिमल सुबेदी,बिशेष आथितिहरु एवं अथितिहरुले शुभकामना मन्तब्य दिनु भयको थियो भने सोहि कार्यक्रममा बोल्दैले नेपाल लोक दोहोरि प्रत्तिस्ठानका दितीय उपाध्यक्ष लोक दोहोरि गायक विमलराज क्षेत्रि तथा लोकदोहोरी गायिका कल्पना काफ्लेले बसन्तफिल्मस् प्रा.लि. बाट सम्मानित हुन् पाउदा आफुहरु निकै भाग्यमानी भएको बताउदै सम्पूर्ण बसन्तफिल्मस् प्रा.लि. कतार टिम प्रति आभार प्रकट गर्नु भएको थियो । गायक क्षेत्रिले आफ्नो २ गीत(ए हजुर एक्लो परानी, बल्लैभो भेट) साथै गायिका जमुना राना मगर, कल्पना काफ्ले पनि आफ्नो-आफ्नो छोटो प्रस्तुति दिनु भएको थियो । कार्यक्रमलाई समापन गर्दै सभापती काफ्लेले नेपाली कला र सँस्कृतीको जर्गेना तथा सम्मान गर्दै नेपालीकला संस्कृतिलाई टेवा पुग्ने काम सधै गर्ने बताउनु भएको थियो भने संस्था सचिब शरद पाण्डे द्वारा संचालन गरिएको थियो ।

_MG_5768 _MG_5729 _MG_5722 _MG_5719 _MG_5712

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...