गत बर्ष अप्रिल २५ ,२०१५ मा नेपालमा गएको प्रलयकारी महा भूकम्पले सबै भन्दा ज्यादा तहस नहस गोर्खा जिल्लाको बारपाकमा बिधुत पुनर्स्थापना गरेको छ l अप्रिल २५ ,२०१६ तारिख कै दिन अमेरिकाको राजधानी डिसीमा गरि गैर मुनाफा सामाजिक संस्थाको रुपमा उदाहरणीय काम गर्दै आएको गोर्खाली फाउन्डेसनले भूकम्प गएको ठिक बर्ष भएको मितिमा बारपाकमा बत्ति जडान गरि २४ सै घण्टा झिलीमिलि बनाई दिएको छ l
नेपालको राजधानी काठमाडौंबाट १७० किलोमिटर टाढा रहेको विनाशकारी भूकम्पको केन्द्रविन्दुले थालिएको बारपाकका जनताले २४ सै घण्टा उज्यालो देख्न पाउने भएका छन् l भूकम्पले बारपाकमा ७४ जनाको ज्यान गएको थियो l
गोर्खाली फाउन्डेसनले बिर बहादुर घले ,अशोका फेलो तथा उर्जा ब्यबसायीको सहकार्यमा सफलता पुर्वक सुक्ष्म जल बिधुतको स्थापना गरेको जनाएको छ l गोर्खा फाउनडेसनका जन सम्पर्क तथा संचार निर्देशक निराकार उप्रेतीले छापा बिज्ञप्ति मार्फत १ बर्ष भित्र भूकम्पले थिलथिलो बनाएको बारपाकमा २४ सै घण्टा बिद्युत आपूर्ति गर्न सकेकोमा फाउनडेसनले खुसि व्यक्त गरेको जनाएका छन् l
यो परियोजनाको लागि नेसनल जियोग्राफिक ग्रेट इनर्जी च्यालेन्जले आर्थिक लगानी गरेको थियो भने गोर्खाली फाउनडेसनले ७० हजार अमेरिकन डलरको बिजयी बन्दै बारपाकको उर्जा पुनर्स्थापना सफलता पुर्वक सम्पन्न गरेको छ l
गोर्खाली फाउनडेसनले चन्दा दाता ,स्वयम् सेवक तथा संचार माध्यमलाई नियमित समर्थन र सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरेको छ l यति मात्रमा आफुलाई सिमित नराखी आगामी दिनमा बारपाकको लागि एम्बुलेन्स किन्ने बारेमा प्रक्रिया सुरु गरि सकेको , बिद्यालय निर्माण गर्न सहयात्रीको खोजमा रहेको तथा अन्य थुप्रै काम गर्ने योजना रहेको उप्रेतीले जनाएका छन् l
No comments:
Post a Comment