Thursday, April 21, 2016

बलयतम अलटर धवक मर रईलई वशष सममन गरन

mira2

लण्डन, बैशाख ०९,२०७३ । वल्र्ड अल्ट्रा म्याराथन सिरिजमा उत्कृष्ट स्थान लिन सक्ने सम्भावना बोकेकी मिरा राईलाई बेलायतमा विशेष सम्मान गरिने भएको छ ।

बेलायतबासी सम्पुर्ण नेपाली समुदाय र दोश्रो गोर्खा बटालियनले हौसला साथै प्रोत्साहन दिन केन्ट फोक्स्टनस्थित हार्रभी ग्रामर स्कुलमा आगमी मे १ तारिख दिउँसो ठिक एक बजे सम्मान कार्यक्रम तय गरिएको जानकारी नेपाली युवा समुह बेलायतका अध्यक्ष रिचर्ड गुरुङले बताए ।

भोजपुर सानोदुम्मा गाविसका अल्ट्रा धावक मिरा राई दोश्र्रो सन्तानको रुपमा यस धर्तिमा उदाएकी हुन् । आफ्नो देश नेपाल र नेपाली समाजलाई आमूल परिवर्तन गर्ने मनोकांक्षा राख्दै बाल्यावस्थामै एमाओवादीमा प्रवेश गरेकी थिईन । १२ बर्षको कलिलो उमेरमै नयाँ नेपालको सपना बुनेकी मिरा सेना समायोजनमा अयोग्य घोषित भएपछि उनलाई शिविरबाट निष्कासित गरिएको थियो ।

समाज बदल्न एमाओवादीमा लागेकी मिराको सपना टुटेपछि आफनो जन्मघर फर्कन समेत मिरालाई मन लागेन । शिविरमा रहदा उनले केहि कौशलको ज्ञान प्राप्त गरेकी हुनाले, त्यहि क्षेत्रमा अघि बढ्ने उनको आकाक्षां थियो । विडम्बना ,उनको घरको आर्थिक परिस्थिती अतिनै नाजुक रहेकोले त्यो सम्भव हुन सकेनन् । आफ्नो देश निर्माणमा प्रगाढ मनोबल बोकेकी मिरा लज्जास्पदको पात्र बन्दै मजदुरीको लागि विदेश तिर लाग्ने अन्तिम निर्णय समेत लिएकी थिईन् ।

अयोग्य घोषितको प्रहर चोटले भौतारीदै हिडिरहेकी मिराको भेट बालाजु कराते डो प्रतिष्ठान,नेपालका प्रमुख प्रशिक्षक धुर्बविक्रम मल्ल सग ठोकिन पुग्यो । मुटुको क्षमता ढुकढुकीले पहिचान गरे जस्तै मल्लले मिराको अल्ट्रा धावक पहिचान छर्लङ्ग देखेका थिए । उत्प्रेरक धुर्बले निजि स्रोतबाट तालिम गराउन सुरु गरेको केहि महिनामै मिराले पहिलो पटक नेपालमै म्याराथनको उपाधी चुमेकी थिईन ।

एउटा भनाइ छ नि, ¥पिरले मानिसलाई बाच्न सिकाउछ , ऋणले कमाउन सिकाउछ , दुश्मनले जित्न सिकाउछ ,अभाबले लडन सिकाउछ¦ भने झै मिराले नेपाल सरकारको ढुकुटीबाट एक रुपयाँ पनि खर्च नलिईकन विश्वमा नेपाल भनेर चिनाउदै चन्द्र र सुर्य अंकित झन्डा फर्रफराई रहेकी छन् ।
एसियामा रेकर्ड सहित प्रथम हुदै इटालीमा ५७ र ८० किलोमिटरमा प्रथम र मोन्ट–ब्लान्क फ्रान्समा रेकर्ड सहित ८० किलोमिटरको अल्ट्रा म्याराथनमा च्याम्पियनको उपाधि चुम्दै स्पेनमा भएको ११० किलोमिटरमा तिन पटक सम्मको विश्व बिजेतालाई पछि पार्दै बरियतामा बिश्व उपविजेता बन्न सफल भएपछि उनको चर्चा एक्कासी चुलिएको हो ।

वल्र्ड सिरिज २०१६ मा दोस्रो भएकी मिराले नेपालमा ६ र विदेशमा ८ दौड जितीसकेकी छन् । आगमी अप्रिल ३० तारिख बेलायतमा हुन गहिरहेको थ्रि पिक्स सलोमन दौडमा धावक मिराले कान्तिपुर दैनिक समाचारको लोगो अंकित टिसर्ट लगाएर प्रतिस्पर्धा गर्ने छिन् । प्रतिस्पर्धा सके पश्चात हार्रभी ग्रामर स्कुलमा सम्मान कार्यक्रम तय गरिएको छ । उक्त कार्यक्रमका आयोजकहरु सगरमाथा तेक्वान्दो डोजाङ,नेपाली युवा समूह बेलायत , किराँत राई यायोक्खा,जेन मार्सल आर्ट र भोजपुर समाज युके रहेका छन् ।
मिराको निरन्तरतालाई दिगो राख्नकोलागि विशेष सम्मान कार्यक्रम साथै आर्थिक सहयोग गर्ने भावनाले उक्त कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनकालागि बेलायतबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा, सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष मास्टर राष्ट्र राई र नेपाली युवा समूह बेलायतका अध्यक्ष रिचर्ड गुरुङले हार्दिक अनुरोध गरेका छन् ।

यसैगरी सम्मानकै शिलशिलामा दोश्रो गोर्खा रेजिमेन्टले मे २ तारिख रेजिमेन्टको विशिष्ट आदर र पल्टनको परम्परा अनुशार धावक मिरालार्ई स्वागत साथै विशेष सम्मान गरिने छ । दयनीय अवश्थाबाट संघर्ष गर्दै नेपाली र नेपाल राष्ट्रकालागि उल्लेखनिय भुमिका निर्भाह निभाउदै राष्ट्र र राष्ट्रिय पहिचान विश्वसामु अंकित गरिरहेकी मिरालाई आगमी अल्ट्रा सिरीजहरुको प्रतिस्पर्धामा आई पर्ने आर्थिक विपतीलाई केहिहद सम्म निवारण गर्न सकियोस भन्ने हेतुले दोश्रो बटालियनका सैनिकहरु लगायत लेडिज कम्युनिटीबाट आर्थिक संकलनको अभ्यास भईरहेको उक्त बटालियनका गोर्खा मेजर प्रेमबहादुर गुरुङले बताउनु भयो ।

m5MIra4mira1

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...