Thursday, April 21, 2016

मरलयणडम सलफ तसवर परतयगत - क शरवत

unnamed

अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्ने नेपाली समुदायलाई आपसमा सुचना तथा जानकारी दिने, आपसी सम्बन्ध तथा आत्मियतालाई कायम राख्ने, लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने, नेपाली कला, संस्कृती, रितीरिवाज, परम्परा, भाषा, मुल्य-मान्यता, चाड-पर्वलाई प्रवर्धन गर्ने, आपसमा सामाजिक सद्भाव, मित्रता कायम राख्दै एक -अर्कोलाई पर्ने भवितव्य समस्याहरुलाई सक्दो सहयोग पुर्याउन आवस्यक समन्वयकारी भुमिका खेल्ने, नेपालीहरुबाट संचालित व्यापार, व्यवसाय एवं पेशाको बारे सबैलाई आवस्यक जानकारी गराउने, विभिन्न रोजगारदाताहरुबाट प्राप्त Job Vacancy सम्बन्धी सुचनाहरुको जानकारी गराउने, विभिन्न प्रतियोगिता आयोजना गरि प्रतियोगिता मार्फत प्रतियोगीहरुलाई सबै सामु परिचित गराउने, सामाजिक संस्थाहरुले आयोजना गर्ने विभिन्न कार्यक्रमहरु बारे छिटो-छरितो नेपाली समुदाय वीच सुचनाहरु प्रवाहित गर्ने जस्ता विभिन्न कामहरु गर्ने लक्ष्यका साथ स्थापित “मेरिल्याण्डका हामी नेपाली” समुहले नयाँ बर्ष २०७३ को उपलक्ष्यमा नेपाली समुदायमा रहेका सबै महानुभावहरु वीच एकआपसमा परिचित गराउने र अझै आत्मियता कायम गर्दै नयाँ-नयाँ प्रतिभावान र सृजनशील कार्य गर्न प्रेरणा प्रदान गर्ने लक्ष्यका साथ एउटा छुट्टै कार्यको थालनी गरेको छ जस अन्तर्गत अहिले सामाजिक संजालहरुमा युवाहरु वीच निकै चर्चित विभिन्न किसिमको “सेल्फी तस्विर” खिचेर पोस्ट गर्ने प्रचलनलाई आत्मसाथ गर्दै सेल्फी तस्विरलाई पनि सामाजिक सन्देश दिने किसीमबाट प्रस्तुत गर्न सके समाजमा सकारात्मक प्रभाव पर्न सक्छ भन्ने सकारात्मक संदेश दिन पहिलो पटक मेरिल्याण्डवासी नेपालीहरु वीच “सेल्फी तस्वीर ” प्रतियोगिता आयोजना गरेको छ । यस प्रतियोगितामा बढी भन्दा बढी प्रतियोगीहरु सहभागी हुनको लागी आयोजले सबै मेरिल्याण्डवासी नेपालीहरुलाई हार्दिक अपिल पनि गरेको छ । आगामी दिनहरुमा पनि यस्तै किसिमका नयाँ र सृजनात्मक किसिमका प्रतियोगिता आयोजना गर्दै जाने ” मेरिल्याण्डमा हामी नेपाली” टिमले जनाएको छ ।
यो ” सेल्फी तस्वीर” प्रतियोगिता सम्बन्धी नियम, सेल्फी तस्वीर पठाउने अन्तिम मिती, प्रतियोगिताको नतिजा र पुरस्कार सम्बन्धी व्यवस्था देहाय वमोजिम रहेको आयोजकले जानकारी गराएको छ -(आयोजकको सुचना पाटीबाट )
“मेरिल्याण्डका हामी नेपाली” हरु बिच हुनगइरहेको “पहिलो शेल्फी तस्वीर प्रतियोगिता -७३’ प्रतियोगिता” सम्बन्धी केही नियमहरु:

१. सहभागी प्रतियोगी “नेपालीमुलका मेरिल्याण्डवासी” हुनुपर्नेछ।

२. प्रतियोगितामा पठाइएको “शेल्फी तस्वीर” मा कुनै प्रकारको छाडापन, कुनै गलत सामाजिक वा राजनीतिक अर्थ लाग्ने भएमा समाबेश गराईने छैन।

३. “शेल्फी तस्वीर” को प्रतिलिपी अधिकार स्वयं प्रतियोगीको हुनु पर्ने छ। यदि अन्य कसैले दाबी गरेमा हामी जवाफदेही हुने छैनौं।

४. “सकारात्मक सामाजिक सन्देश मुलक” बिषयमा लिईएको “शेल्फी तस्वीर” लाई विशेष स्थान दिईनेछ।

५. यस “शेल्फी तस्वीर प्रतियोगिता” मा सर्वोकृष्ट ३ तस्वीरहरुलाई विशेष पुरस्करहरु सहित पुरस्कृत गरिनुका साथै विभिन्न संचार माध्यममा विशेष समाचार आलेख सहित प्रकाशित गरिनेछ।

६. “शेल्फी तस्वीर प्रतियोगिता” मा तस्वीर पठाउने अन्तिम मिति (२०७३ बैशाख २० गते) May 2nd, Monday 2016 रहेको छ। त्यसपछिका पठाइएका तस्वीरहरुलाई प्रतियोगितामा समाबेश गराईनेछैन।

७. “शेल्फी तस्वीर प्रतियोगिता” को बिजेताको नतिजा र घोषणा मिति (२०७३ बैशाख ३१ गते) May 13, Friday 2016 गरिनेछ।

८. शेल्फी पठाउने ठेगाना, थप जानकारी तथा सम्पर्क
“मेरिल्याण्डका हामी नेपाली”
[email protected]
443-675-8889.

यस प्रतियोगिताको सफलताको कामना गर्दै यसरी नै निरन्तररुपमा नेपाली समुदाय वीच आपसमा सम्बन्ध जोड्ने काममा यस ” मेरिल्याण्डका हामी नेपाली ” टिमलाई सफलता मिल्न सकोस् भन्दै हार्दिक शुभकामना व्यक्त गरिन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...