Thursday, April 21, 2016

फसबकबट फर भय अरक ठल अपरध परहर न चकत

facebook-sex-e1349829655424काठमाडौं, १० वैशाख । फेसबुकबाट चिनजान गरी प्रेमको नाटक गरी ठगी गर्ने जीवन तामाङ भन्ने मनबहादुर तामाङ जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले तामाङलाई बुधवार पुर्पक्षका लागि कारागार चलान गरेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनले २३ युवतीलाई बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेका थिए । उनले युवतीहरुबाट करिब एक करोड रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रविन्द्र रेग्मीले बताए ।

जेल चलाउन भएका तामाङ पहिला अमेरिकन आर्मीसँग अफगानिस्तानमा बसेर काम गरेका थिए । सोही आधारमा आफ्नो ठूलो पहुँच भएको भन्दै ठगी गर्दै आएका थिए । तर, उनी पहिलेदेखि नै नामी ठग भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

उनी सिफलनजिकै तीनतले घर भाडामा लिए बस्दै आएका थिए । घरमा एसीसमेत जडान गरेका थिए ।

महंगा फर्निचरहरुले सजाइएको उनको फ्ल्याट भीआपीको जस्तो देखेपछि प्रहरी अधिकारीसमेत चकित भएका थिए ।

प्रहरीले उनकी श्रीमतीलाई पनि पक्राउ गरेको थियो । उनी भने घरौटीमा छुटेकी छिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...