Monday, April 18, 2016

parasकाठमाडौँ, ६ वैशाख । कप्तान पारस खड्काले नामिबियाविरुद्ध सतक हानेका छन्। आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध उनले १०३ रनको सतकीय इनिङ खेलेका हुन्।
१३ औं ओभरमा ज्ञानेन्द्र मल्ल आउट भएपछि मैदान प्रवेश गरेका पारसले विस्फोटक ब्याटिङ गर्दै ९४ बलमा १०३ रन बनाएका हुन्। सतक बनाउने क्रममा उनले ७ छक्का र ५ चौका प्रहार गरे। उनलाई गोरेन वाल्डले एलबीडब्लु धरापमा पारेर पेभेलियन फर्काए।

पारस नेपालको तेस्रो विकेटको रुपमा आउट भए।

यसअघि ९१ रनको स्थितिमा पारसले जीवनदान पाएका थिए। उनले स्ट्रेट प्रहार गरेको बल बलरले क्याच लिन नसकी छोडेका थिए। ७ अाै‌ अाेभरमा नरेश बुढा ऐर अाउट भएपछि मैदानमा अाएका शरद भेषवाकरले पारससँग निकै प्रशंसनीय साझेदारी गरे। यो समाचार तयार पार्दासम्म नटअाउट रहेका उनले ९३ बल सामना गर्दै ६१ रन बनाएका छन्। अन्तरार्ष्ट्रिय एक दिवसीय क्रिकेटमा शरदले चौथो अर्धसतक पूरा गरेका हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...