Sunday, May 1, 2016

तीनजना विद्यार्थी बेपत्ता

DSC_0000341

पूर्वी चितवनका ३ जना विद्यार्थीहरु गत शुक्रबार देखि बेपत्ता भएका छन् । कालिका नगरपालिका, वडा नं. ६, खोलेसिमलका अस्विन धमला, कालिका–६, गुराउचौरका थोमस लामिछाने र कालिका–८, लंकालाईनका राजु गुरुङ्ग बेपत्ता भएको परिवारजनले जनाएका छन् ।

13091889_1011972455550277_349139583978748086_n

स्थानीय सिद्धि विनायक आवासिय मा.वि. मा कक्षा ८ मा अध्ययनरत १४ वर्षिय विद्यार्थीहरु विद्यालय जान भनी घरबाट हिडेका र खोलेसिमल बजारबाट बेपत्ता भएको थोमस लामिछानेको बुबा विवेक लामिछानेले जानकारी दिनुभयो । घरबाट केहि रकम समेत लिएर गएकाले उनीहरुको खोजी कार्य भईरहेको परिवारजनले बताएका छन् ।

13082704_1011972562216933_4670696538090669500_n

बेपत्ता विद्यार्थीको खोज तलास गरी पाऊँ भनी इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीमा निवेदन दर्ता भएको र सोही अनुसार खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । बेपत्ता विद्यार्थीहरुलाई देख्नु हुने वा भेट्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालय वा अभिभावकको फोन नं. ९८४५०४४३१३, ९८०४२२९२३७ र ९८५१००९४७४ मा खबर गरिदिनुहुन समेत परिवारजनले अपिल गरेका छन् ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...