Wednesday, May 11, 2016

‘के म तिम्रो होइन र’ ७५ हलमा, रिलिज भयो ‘पागल’ गीत

k-m-timro-hain-r

काठमाडौं । शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘के म तिम्रो होइन र’ले देशभरका अधिकांश हल पाउने भएको छ । कुनै पनि नयाँ चलचित्र नहुनु र बलिउडको पनि ठूलो चलचित्र रिलिज नहुँदा आकाश अधिकारीले निर्देशन गरेको यो चलचित्रले धेरै हल पाएको हो । निर्देशक अधिकारीका अनुसार देशभरका करिब ७५ बढी हलमा यो चलचित्र रिलिज हुने भएको छ । चलचित्र ‘कोहिनुर’ ६५ वटा हलमा रिलिज भएको आकाशले जानकारी दिए । ट्रेलर सार्वजनिक भएसँगै दर्शक र हलवालाको समेत मागमा रहेको यो चलचित्रलाई लिएर अहिले ठूलो आशा गरिएको छ । अधिकारी ब्रदर्सको ब्यानर र द स्काई मुभिजको सहकार्यमा तयार भएको यो चलचित्रलाई सुरेश अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा नयाँ कलाकार आर्यन अधिकारी र मरिष्का पोख्रेल मुख्य भूमिकामा छन् । प्रताप दासको स्वर, आकाश अधिकारीको शब्द तथा संगीतमा तयार भएको ‘पागल पागल’ बोलको गीतको भिडियो चलचित्र प्रदर्शनमा आउनु भन्दा २ दिन अगाडि रिलिज गरिएको छ । यो चलचित्रबाट नायक आर्यन अधिकारी र नायिका मरिष्का पोख्रेल चलचित्र क्षेत्रमा उदाउने अपेक्षा धेरैको छ । आर्यनको अभिनय, लुक र एक्सनको चर्चा त चलचित्रको ट्रेलर रिलिज भएसँगै चुलिएको थियो । हेर्नुस्

गीतको भिडियोः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...