Friday, May 6, 2016

तिम्रो मुख तिम्रै सुख हेर्न पाउँ आमा !!

ram chandra sharma

 

औंसी मात्र हैन संधै देख्न पाउँ आमा
गाथा तिम्रो स्वार्थहीन लेख्न पाउँ आमा !

तिमि  जहा  रहु तर  खुशी  संग रहु
तिम्रो दुख ढाल  बनि छेक्न पाउँ आमा !

सन्ततिको व्यग्रतामा जुनी तिम्रो बित्यो
मनको घाउ मलम बनि सेक्न पाउँ आमा !

बैगुनी म हुन सक्छु तर तिम्रो ऋण
चुक्ता गरि मात्र चोला फेर्न पाउँ आमा !

आज मात्र किन आमा अहर्निश दिन
तिम्रो मुख तिम्रै सुख हेर्न पाउँ आमा !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...