Friday, May 20, 2016

हत्याको आरोपमा कोलोराडोमा नेपाली पक्राउ

30143e0a-93d9-4f77-a686-672e758a4e29

अमेरिकाको कोलोराडोको डेनभरमा नेपाली मुलका ३१ बर्षिय निल कान्त भट्टराईलाई डेनभर अरोरा प्रहरीले गत सोमबार भएको महिला हत्याको शंकामा पक्राउ गरेको छ l

कोलोराडोको अरोरा प्रहरी बिभागले बिहिबार छापा बिज्ञप्ति जारी गर्दै उनलाई अनुबन्धित बिना पक्राउ गरेको जनाएको छ l

कोलोराडोको डेनभरको मेकोन गल्लिमा गत सोमबार उक्त महिला २ बजेर ४१ मिनेटमा गम्भीर अवस्थामा फेला परेको प्रहरीले जनाएको छ l

भाडामा बस्ने उक्त कोठा बाट उनलाई अस्पताल पुर्याईएको भएता पनि उनिलाई अस्पतालमा मृत्युको घोषणा गरिएको थियो l त्यो महिला को हुन् भनें बारे जानकारी गराईएको छैन l

न्यायालयको अभिलेख अनुसार ३१ बर्षिय भट्टराई गत अप्रिलमा महिनामा भएको आक्रमण तथा चोरीको मुद्धाको लागि पनि मुद्धा दायर गरिने भएको जनाइएको छ l

गत हप्ता पनि भट्टराईलाई सुरक्षित आज्ञा उलंघन गरेको आरोपमा पुन पक्राउ गरिएको थियो र अर्को हप्ता उनको सुनुवाई हुने जनाईएको छ l हाल भट्टराईलाई एरापहो काउन्टीमा पुर्पक्षको लागि राखिएको छ l

तस्बिर :एलिसन सिल्ट / कुशा टिवी / 9news

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...