Monday, May 9, 2016

खोलेसिमलमा विद्यार्थीको ¥याली

13119897_993196047437206_2112440698962404623_o

रत्ननगर, २७ बैसाख ।
पूर्वी चितवनको कालिका नगरपालिका ७ खोलेसिमल स्थित सिद्धि विनायक आवासीय मा.वि. र नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीको संयुक्त आयोजनामा विश्व रेडक्रस दिवशको अवसरमा जनचेतनामुलक ¥याली गरिएको छ । विद्यालयका विद्यार्थी, जुनियर रेडक्रस सर्कल, स्काउट ट्रुप र रेडक्रस उपशाखाका सदस्यहरुको सहभागिता रहेको ¥यालीले खोलेसिमल बजार, प्राथमिक स्वास्थ्य केन्द्र, संयुक्त वडा कार्यालय जुटपानी, जमुनापुर हुँदै खोलेसिमलमा ¥याली समापन गरिएको थियो । ¥यालीमा सहभागी विद्यार्थीहरुले “रेडक्रस सबैको लागि सधैको लागि”, “रक्तदान जीवनदान”, “मानव सेवा नै ठूलो धर्म हो” लगायतका प्लेकार्ड सहित जनचेतनामुलक नारा समेत लगाएका थिए ।

13130880_993196050770539_8606244264399257997_o कार्यक्रममा सिद्धि विनायक आवासीय मा.वि. का प्राचार्य विष्णुमणी लामिछाने, डाइरेक्टर लीला बहादुर गुरुङ्ग, सहायक प्राचार्य नवराज बञ्जारा, शिक्षक पुरुषोत्तम दुवाडी, नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखा सभापति गणेश शर्मा पौडेल, सचिव बालकृष्ण अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

13133149_993196054103872_9195584390148035270_n

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...