१४ अप्रिल २०१६ – अमेरका भ्रमणमा रहेकी स्थानीय बिकाश राज्यमन्त्री कुन्ती शाहीसंग बोस्टन शहरमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिने भएको छl आदिबाशी जनजातीलाई एक्राधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघिय बिश्वोसंमेलन (UN Forum) मा भाग लिन नेपाल सरकारको प्रतिनिधित्वो गर्दै न्युयोर्क आएकी स्थानीय बिकाश तथा संघिय मामला राज्यमंत्री कुन्ती शाहीलाई बोस्टनबासी नेपालीहरुसंग चिनजान / परिचय गराऊनको लागी पनी यो भेटघाट कार्यक्रम आयोजना गरिएको कुरा आयोजक संस्था प्रबाशी नेपाली एकता समाजका केन्द्रिय कोषाध्यक्ष तथा बोस्टन च्याप्टरका अध्यक्ष राजेन्द्र शेरचनले ईनेप्लिजलाई बताए l
बोस्टन यरियामा भएका नेपाली संघ, संस्थाका पदाधिकारीहरु र अन्य ईच्छुक सबै नेपाली दाजुभाई, दिदि बहिनीहरुलाई यस भेटघाट कार्यक्रममा ऊपस्स्थितीको लागी आयोजक संस्थाका अध्यक्ष राजेन्द्र शेरचनले यसै सुचनाबाट हार्दिक निमन्त्रणा गरेका छन् l
कार्यक्रम हुने मिती: May 17, Tuesday
समय: 6.00 PM ( बेलुकी ६ बजे देखी ९ बजे सम्म )
स्थान: 1121 Cambridge St., Cambridge, BOSTON
(Portugal को Club), Entrance: FREE
सम्पर्कको लागी: राजेन्द्र शेरचन, Cell. 617-480-7266
No comments:
Post a Comment