Saturday, May 28, 2016

हेलो सरकार ! गणतन्त्र कहाँ छ ?

 

SARGAM

कहाँ आयो गणतन्त्र भनिदेऊ न हेलो सरकार !
मान्छे भोकै मरिराछ सुनिदेऊ न हेलो सरकार !

महंगीले च्याप्छ सधै कालो बजार बढेकै छ,
फाटिसक्यो पाल फेरि तुनिदेऊ न हेलो सरकार !

घुसखोरी बढेकै छ, युवाहरु गाउँमा छैनन्,
स्वदेशमै सुन फल्छ गुनि देऊ न हेलो सरकार !

खुला आकाश मुनि भोकै ,कति बाँच्लान मान्छेहरु !
मान्छेलाई मान्छे जस्तो जुनी देऊ न हेलो सरकार !!

 

hello sarkar

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...