राष्टिय नागरिक समाज विकासले गणतन्त्र दिवसको अवसर पारेर बजेटमा भुकम्पपीडितको अपेक्षा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको
छ ।
अन्तरक्रिया तथा विशेष सम्मान कार्यक्रम पुर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधव कुमार नेपालको आतिथ्यता एवं राष्टिय नागरिक समाज विकासका अध्यक्ष महेशजंग कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, उद्योग राज्यमन्त्री मेघराज नेपाली, नेपाली कँग्रेसका बरिष्ठ नेता अर्जुननरसिंह केसी, सर्वश्री माता त्रिपुरासुन्दरी, अन्तराष्टिय कानून व्यवसायी नारायण घिमिरे, शिक्षासेवी तथा ललितपुर प्याब्सनका अध्यक्ष नवराज महत, व्यवसायी कृष्ण प्रसाद घिमिरे, नेपाल वेलफेयर फाउण्डेसनका अध्यक्ष शिवराज अधिकारी लगायत समाजसेवी व्यक्तित्व तथा पत्रकारहरुको सहभागीता रहेको थियो । आयोजित कार्यक्रमको संयोजन दीपा ऐरले गरेकी थिइन् ।
जारी बजेटमा भुकम्पपीडितको अपेक्षा विषयक अन्तरक्रियामा पूर्व प्रधानमन्त्री नेपालले आफू पनि भुकम्पपीडित भएको दाबी गरेपछि
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अब जारी हुने बजेटमा नेपाली जनताको मर्म र भावनालाई बुझ्ने बताउदै आफू पनि भुकम्पपीडितकै दर्जामा रहेको दाबी गरे । घरको छानो फुटेको छ, पानी चुहिएको छ,, साँझ पर्दा र पानी पर्दा मेरी श्रीमती डराउछिन्, यो अवस्था भुकम्पले नै सिर्जना गराएको हो पूर्व मन्त्री नेपालले भने ।
कार्यक्रमका अतिथि पूर्व मन्त्री लालबाबु पण्डितले अब जारी बजेटमा भुकम्पपीडितको सतप्रतिशत अपेक्षा पूरा हुनेमा शंका व्यक्त गर्दै वास्तविक भुकम्पपीडित को हुन् भन्ने लगत अझै स्पष्ट नभएको जुन कुरा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले दाबी गरेको पीडितको भनाइले पुष्टि गर्दछ, नेपाल न त सर्वसाधारण हुन् न त भुकम्पपीडित नै पण्डितले कटाक्ष गरे ।
भुकम्पपीडितको अपेक्षालाई सरकारले लत्तयाएको पुष्टि बजेट भाषणले छर्लग पार्नेछ – नेता के.सी
प्रधानमन्त्री केपी ओलीलाई मानसिक रोगले च्याप्दै गएको आरोप लगाउदै सरकारले भुकम्पपीडितलाई वेवास्ता गरेको नेपाली कँग्रेसका नेता अर्जुननरसिंह केसीले कार्यक्रममा बताए । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीको हावादारी कुराले सरकारको असक्षमता पुष्टि गरिसकेकोले अब आउने बजेट हावादारी हुने ठोकुवा केसीले गरे ।
कार्यक्रमका अतिथिहरुले राष्ट र राष्टियता धर्मको प्रतिरक्षा गर्ने नसक्ने सरकार नेताहरुले के देश विकास गर्लान् बरु आफ्नै विकास गर्ने बजेट ल्याउलान भन्ने आरोप लगाउदै अबको बजेटले भुकम्पपीडितको आश जगाउने काम गर्ला भन्नेमा शंका रहेको बताए । बजेट पुर्ननिर्माण र भुकुम्पपीडितका लागि पहिलो आधार बनाउनका लागि पूर्व राजनीतिक एकता र सहकार्य नहुदा दाताहरुले भुकम्पपीडितको लागि दिएको सहयोग त्यसै निस्कृय बनेकोमा सरकारको असक्षमताको पराकाष्टा यो भन्दा बढी के होला कार्यक्रमका बक्ताहरुले दुःखेसो व्यक्त गरे ।
अन्तरक्रिया तथा छलफलसंगै राष्टिय नागरिक समाज विकासले समाज र देशका लागि एक दशकभन्दा लामो समयदेखि योगदान पुर्याउने एक दर्जन व्यक्तिहरुलाई विशेष सम्मान समेत गरेको छ ।
निष्पक्ष पत्रकारिता र सामाजिक विषयवस्तुमा जीवन कालभर योगदान पुर्याए वापत राष्टिय प्रेस क्लबका अध्यक्ष तथा बरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्यलाई सम्मान गरियो । त्यस्तै पत्रकार मुकुन्द ढुंगाना पनि सम्मानित भएका थिए । कर्माचार्य ५ दशकदेखि पत्रकारीता पेशामा लाग्दै हाल पनि सक्रिय हुनुहुन्छ ।
सम्मानित हुनेहरुमा वरिष्ठ कृषि उद्यमी इन्द्र प्रसाद दाहाल, वरिष्ड सौन्दर्यविद् तथा सामाजिक अभिन्यता सर्वश्री शारदा मुल्मी श्रेष्ठ बुद्धमार्गी तथा सामाजिक अभिन्यता आनी भिमसुवा, वरष्ठि निर्माण व्यवसायी तथा समाजसेवी यादवराज सापकोटा, शिक्षासेवी एवं समाजसेवी संगीता सिलवाल, स्वास्थ्य तथा शिक्षासेवी गोविन्द प्रसाद श्रेष्ठ, महिला अधिकारकर्मी गीता कटेल, युवा कानून व्यवसायी बद्री बहादुर दुलाल, समाजसेवी राजेन्द्र अधिकारी, चलचित्र अभिनेता विनोद कुमार श्रेष्ठ, धार्मिक व्यक्तित्व तथा सामाजिक अभिन्यता माता त्रिपुरा सुन्दरी लगायतका व्यक्तित्वहरु थिए । सोही अवसरमा ओम समाज डेन्टलका अध्यक्ष डा सुवास घिमिरे पनि सम्मानित भएका थिए ।
No comments:
Post a Comment