Tuesday, May 31, 2016

दोहोरी गायिका संगिता थापामगरले बाल्टिमोरबासीलाई नचाईन्

वाशिंगटन डिसी, ३१ मे २०१६ – नेपालको रास्ट्रिय स्तरकी दोहोरी गायिका संगिता थापामगरले
यही मे २८ को साँझ बाल्टिमोरका नेपालीहरुलाई नचाएको खबर छ l  दोहोरी गायिका संगिता थापामगरको साथमा अर्का चर्चित दोहोरी कलाकारहरु पुरेन्द्र बिश्वोकर्मा, रमेश परियार र मंजु पुन पनी जमेका थिए l साथै, नेपाल देखी आएका अर्का चर्चित दोहोरी कलाकार  अमृत बिश्वोकर्माको सालैजो भाकाले पनी दर्शकहरुलाई नचाऊनु नचायो l
नेपाली अमेरिकन सोशाईटी फर अप्प्रेस्ड कम्युनिटी ( NASO ) को आयोजनामा अमेरिकाको बाल्टिमोर  शहरमा आयोजना गरिएको नेपाली “नयाँ बर्ष २०७३ धमाका” नाम दिईएको यस बिबिध सांस्कृतिक कार्यक्रममा लोक, दोहोरीको साथै नेपालका बरिस्ठ कलाकार प्रकाश श्रेष्ठ, पविता परियार र दिनेश भण्डारीको पनी आकर्षक प्रस्तुती थियो l
 नेपालको पस्चिमाञ्चल क्षेत्रको चर्चित “कौडा नाच” कार्यक्रमको अर्को आकर्षण थियो l  मगर जातिको महिला भेष, भुषामा सजिएका स्याङ्जा जिल्लाका मगर युबतीहरु :   करिश्मा आले, प्रबिना आले, सुष्मिता आले र सच्चिता थापामगर को सामुहिक  सालैजो नृत्य” र “कौडा नृत्य” बडो आकर्षक थियो l त्यस्तै, पुर्बाञ्चल क्षेत्रको
राई लिम्बुको नृत्य पनी हेर्दा कम थिएन l
कार्यक्रमको शुरुमा आयोजित स्वागत समारोहमा अमेरिका भ्रमणमा रहेका पर्बत जिल्लाका  साँसद कमला चापागाँई प्रमुख अतिथी, म्यानमारका लागी प्रस्तावित नेपाली राजदुत  रिषीराम घिमिरे बिशेष अतिथी र “बाना” का अध्यक्ष कुलमणी आचार्य अतिथी रहनुभएको  स्वागत समारोह NASO का अध्यक्ष गोपाल बिश्वोकर्माको अध्यक्षतामा भएको थियो l
NASO का सचिब बिष्णु बिश्वोकर्माले स्वागत समारोह संचालन गरेका थिए l  आधुनिक गित, पप् , लोकगित र दोहोरी गित सबैखाले मसला मिसाईएको ऊक्त  बिबिध सांस्कृतिक कार्यक्रममा मम, चिकन ब्रियानी सहितको रात्रिभोजको ब्यबस्था पनी गरिएको थियो l  बाल्टिमोरका सक्रिय युबा ज्ञानेन्द्र गहतराजको नेत्रित्वोमा प्रति ब्यक्ती बिस डलरको प्रवेश शुल्क  कडाईकासाथ लागु गरिएको देखिन्थ्यो l
ब्यबस्थापनको कमजोरी –  पप् , आधुनिक गित मन पराऊने १० प्रतिशत र लोक गित तथा  दोहोरी गित मन पराऊने ९० नब्बे प्रतिशत दर्शक भएको ऊक्त सांस्कृतिक कार्यक्रममा दोहोरी प्रती चाख नभएकालाई साऊन्ड सिस्टमको जिम्मा परेछ l जसलेगर्दा, कलाकारहरु लोकगीतमा नाच्दा नाच्दै स्पिकर नै बन्द गरिदिने र लाईभ दोहोरीलाई समय नदिने गरेर ठुलो गल्ती गरेको देखियो l  यस्तो लापरबाहीले आक्रोशित भएकी अतिथी कलाकार संगिता थापामगरले माईकबाटै  आयोजक संस्था प्रती आक्रोश ब्यक्त गरेपछी, नासोका अध्यक्ष गोपाल बिश्वोकर्माले
आयोजकको तर्फबाट माफी माग्नु परेको थियो l
जस्तो जे भएता पनी, प्रमुख अतिथी सांसद कमला चापागाईं र बिशेष अतिथी प्रस्ताबित  म्यानमारका लागी नेपाली राजदुत रिषीराम घिमिरे पनी नाचेको म्याग्दीका दोहोरी गायक  खड्ग गर्बुजाको सालैजो गितमा अमेरिकाको राजनैतिक दल डेमोक्र्याटिक पार्टीका  एच. बि. भण्डारी, अमेरिकी फेडरल गभर्नमेन्टका प्रकाश नेपाल, खेम भट्टचन लगायतको ठुलो समुह मध्येरात सम्मै नाचेको नाचेकै थिए l
कार्यक्रमको अन्तमा – प्रमुख अतिथीले प्रमाणपत्र र बिशेष अतिथीले खादा ओडाएर  कलाकारहरुलाई सम्मान गरिएको थियो र रमेश परियार, मंजु पुनको दोहोरीले  कार्यक्रमको बिटमारिएको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...