Thursday, May 19, 2016

यस्तो राखिने भयो एकतापछि प्रचण्डको पार्टी एमाओवादीको नयाँ नाम

DSC08228-800x532

काठमाडौं, ६ जेठ । विभाजित माओवादीहरुबीच आज एकता हुँदैछ । त्यसका लागि पार्टीको नयाँ नाम तय गरिएको छ । माओवादी एकता घोषणा पूर्व विहीबार विहान बसेको एकता संयोजन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादीको नाम परिवर्तन गरी एकतापछि पार्टीको नाम नेकपा ‘माओवादी’ केन्द्र राख्ने निर्णय गरेको हो । स्रोतका अनुसार एमाओवादीलाई परिवर्तन गर्दै पार्टीको नाम नेकपा ‘माओवादी’ केन्द्र राख्न प्रचण्ड पनि सहमत भएका छन् । यसअघि नेकपा माओवादी राख्ने या नेकपा माओवादी केन्द्र भन्ने विषयमा कुरा मिल्न सकेको थिएन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...