Sunday, May 22, 2016

चाहनामा म तिम्रो, यस्तो गीत गाउँछु, सँधै तिम्रो यादमा कुराहरू गुनगुनाउँछु – गायक सन्जिब पराजुली

13242079_10154190852857485_1017385693_o

अहिलेका चर्चित हर्कुलिस बस्नेतको शब्द-सङ्गीत, अल्मोडा राना उप्रेतीको सङ्गीत-संयोजन र गायक सन्जिब पराजुलीको स्वरमा सजिएको अती रोमान्टिक गीत ‘चाहनामा म तिम्रो’ हालै सार्वजनिक भएको छ।

नेपाली कलाकारहरु अमेरिका भासिँदै गरेको अवस्थामा चर्चित मोडेल तथा नायक बिमलेश अधिकारीले बेलिनालाई उतै बिहे गर्ने ‘चाहना’ गीतको भिडिओ मार्फत राखेका छन्। गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेका छन् भने राजिव र अनुपको संयुक्त छायांकन र हिमाल जोशीले सम्पादन गरेका छन् । भिडियोमा अमेरिकाका विभिन्न रमणिय दृश्यलाई कैद गरिएको छ । यस गीतले श्रोता र दर्शकहरूको मन उत्तिकै जित्ने अपेक्षा गरिएको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...