Monday, May 9, 2016

नेजाको सबै पद निर्विरोध चयन

DSC_0249

मे ८,२०१६
लस एञ्जलस, अमेरीका
अमेरीका नेपाल पत्रकार संघ नेजाको आईतबार सम्पन्न पाचौं अधिवेसनबाट आगामी कार्यकालका लागी सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन भएका छन् ।
निर्वाचन समितीका संयोजक तरुण पौड्यालका अनुसार यसरी निर्वाचित हुनेहरुमा अध्यक्ष भोला आचार्य, उपाध्यक्ष गुणराज लुईटेल, महासचिव तोयानाथ दाहाल, सचिवमा अग्नि चौलागाई, कोषाध्यक्षमा शैलेश पोख्रेल रहेका छन् । त्यसैगरी क्षेत्रीय संयोजकहरुमा क्रमशः ध्रुव कु“वर, बिष्णु शितल, बिष्णुहरि घिमीरे, किरण रेग्मी चयन भएका छन् । कार्य समितीका अन्य सदस्यहरुमा सन्दिपकुमार चौधरी, बालकृष्ण जोशी, अनुज थापा रहेका छन् ।

DSC_0286
निर्विरोध निर्वाचित कार्यसमितीका सबै पदाधिकारी तथा सदस्यहरुलाई अधिवेसनका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका सभापति डा.महेन्द्र बिष्ट, बाडिज्य दुत ऋषी ढकाल, पशुपती फाउन्डेशनका अध्यक्ष भक्त थापा नेजाका बर्तमान अध्यक्ष गौतम दाहाल लगायतका ब्यक्तिहरुले नव निर्वाचित सफल कार्यकालको शुभकामना दिएका थिए । सोही समारोहमा नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाइ पदभार हस्तान्तरण कार्यक्रम पनि सम्पन्न भयो ।
आइतबार साझ नै नव निर्वाचित पदाधिकारी तथा पत्रकारको सम्मानमा डिनर तथा संस्कृतीक कार्यक्रमको आयोजना भएको थियो ।

DSC_0265

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...