Tuesday, May 17, 2016

ढाडे बिरालो र जिम्मेवारहरु !!

ram chandra sharma

 

जात, नाम बिरालै हो साथि संगत छोड्दछ

मिलेर बस्न मान्दैन तर त्यो बंश जोड्दछ

डुल्छ, खान्छ घुमी मस्त घरमा हुन्न रातमा

श्रीस्टीको कामना गर्छ देखा पर्दछ साथमा

दूध चोर्न सिपालु त्यो खुलै झ्याल हुदा खति

भेटमा हमला गर्छ निमोठी मार्छ सन्तति

झुल्किन्छ कहिले काही स्वर म्याउ ठुलो गरि

कलिला गुडका बच्चा खोसेर खान्छ पेटभरि

छुट्टयाउन उ जान्दैन काम के गरनु उचित

जिम्मेवारहरु यस्तै कोहि छन् हेर लौ सुचित !!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...