Thursday, May 19, 2016

रोयल च्यालेन्र्जस बैंगलोर दोस्रो स्थानमा

काठमाडौ, ६ जेठ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा रोयल च्यालेन्र्जस बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ । गएराति पञ्जाबलाई हराउँदै रोयल च्यालेन्र्जस बैंगलोर दोस्रो स्थानमा पुगेको हो । गएराती वर्षाले प्रभावित खेलमा किंस इलाभेन पञ्जाव डिएल नियमका आधारमा ८३ रनले पराजित गर्दै बैंगलोर अंक तालिकामा दोस्रो स्थानमा पुगेको हो । डकवर्थ लुइस नियमका आधारमा पञ्जावलाई १४ ओभरमा २ सय ३ रनको लक्ष्य मिलेको थियो। पञ्जावले ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो । प्रतियोगितामा १३ खेलबाट १४ अंकसहित बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ८ अंक भएको पञ्जाव पुछारमा छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...