Sunday, May 22, 2016

बाल्टिमोरका समाज सेवी बिजय श्रेष्ठको सुपुत्रको बिबाहमा समुदायको ऒईरो

photo

अमेरिकाको राजधानी वाशिंगटन डिसी यरिया भर्जिनिया, डिसी, म्यारिल्याण्ड राज्यहरुमा हुने नेपालीहरुको बिबाहहरु मध्ये कै हाल सम्मकै रेकर्डमा सबैभन्दा धेरै नेपालीहरुको सहभागिता बाल्टिमोरका समाजसेवी बिजय श्रेष्ठको छोराको बिहेमा देखिन गएको छ l समाज सेवी श्रेष्ठले एक हजार नेपालीहरुलाई आम्नात्रित गरेका थिए l

photo (3)

बाल्टिमोरका नेपालीहरुको छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेप्लिज ईन अमेरिकाका निबर्तमान अध्यक्ष बिजय श्रेष्ठको छोरा निर्देश श्रेष्ठ दुलाहा थिए भने पर्बत मोदी-काली समाज, युएसएका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठको छोरी अस्मिता श्रेष्ठ दुलही थिईन l

photo (1)

दुलाहा, दुलहीका नातेदारहरु बिहेमा भाग लिनको लागी मात्रै न्युयोर्क, बोस्टन, कोलोराडो, क्यालिफोर्निया, न्युजिल्यान्ड र नेपाल देखी आएका थिए l बिहे भोजमा, नेपाली संघ,संस्थाले जस्तै आकर्षक सांस्कृतिक कार्यक्रम पनी आयोजना गरिएको थियो भने कार्यक्रम नेपाली चलचित्रका नायिका ऋचा घिमिरेले संचालन गरेकी थिईन l

13254599_10207654916265588_3241607032200516381_n

सन् २००७ मा एएनए कन्भेन्सन गरिएको बाल्टिमोरको Wyandam Hunt Valley होटलको एएनए कन्भेन्सन भएकै ठुलो Banquet हलमा आयोजना गरिएको शुभ-बिबाह भोजमा अमेरिकाको जेठो संस्था अमेरिका नेपाल सोशाईटी (ANS) का पुर्ब अध्यक्षहरु खेम भट्टचन, खिलेन्द्र नेउपाने, बिष्णु कुमारी थापा लगायत बाल्टिमोर यरियाका सम्पूर्ण नेपाली संघ, संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिती थियो l

यसैगरी, अमेरिकाको स्थानीय सरकार, राज्य सरकार र केन्द्रिय सरकार ( फेडरल गभरमेन्ट ) को ऊच्च ओहदामा रहेकानेपालीहरु पनी बिहे-भोजमा सहभागी थिए l त्यस्तै, वाशिंगटन डिसीका अनुसन्धान संस्था थिंक-ट्यांकहरुमा कार्यरत नेपाली बैज्ञानिक र अमेरिकाका कलेज / बिश्वबिध्यालयहरुमा प्राध्यापन गर्ने नेपाली प्राध्यापकहरु पनी बिहे-भोजमा उपस्थित थिए l

जनजातीलाई अधिकार दिनुपर्छ भन्ने संयुक्त रास्ट्र संघ युएन को जनजाती संम्बन्धी अन्तरास्ट्रिय संमेलन युएन जनजाती फोरममा भाग लिन नेपाल सरकारको प्रतिनिधित्व गर्दै अमेरिका आउनु भएकी संघीय मामला तथा स्थानीय बिकाश राज्यमंत्री कुन्ती शाही, पर्बत जिल्लाकी साँसद कमला चापागाईं र चितवन जिलाका सांसद समेत बिहे-भोजमा सहभागी थिए l

photo

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...