Sunday, May 15, 2016

हिमाली गुराँसको नियात्रा विशेषांक विमोचित

niyatra bimochan

बिगत २० वर्ष देखि प्रकाशित हुँदै आएको हिमाली गुराँस द्वैमीसिक नेपाली साहित्यिक पत्रकारिता क्षेत्रमा चिरपरिचित नाम हो । पहिलो पटक वी पी विशेषांक २०७१ सालमा प्रकांशित गरेर विशेषांक प्रकाशन यात्रामा प्रवेश गरेको सो पत्रिकाले त्यस पछि कथा विशेषांक २०७२ सालमा प्रकाशित गर्यो भने २०७३ बैशाखमा ४३ जना श्रष्टाहरूको स्वदेश तथा विदेश भ्रमणका रचनाहरू समेटेर ६० औ अंक नियात्रा विशेषांकका रूपमा प्रकाशित गरेको छ । सो नियात्रा विशेषांक नाट्य तथा संगीत प्रतिष्ठानका कुलपति सरुभक्तले विमोचन गर्नु भयो ।

साहित्यकार तुलसी प्रसाद भट्टराईको सभापतित्वमा भएको सो विमोचनको क्रममा विमोचित विशेषांक बारेमा प्रा. डा= कृष्ण प्रसाद दाहालले समिक्षा गर्नु भएको थियो भने प्रा. डा. गोविन्द राज़ भट्टराईले विशेषांकमा प्रकाशित विविध रचनाहरू कस्ता रहे भन्ने बारे प्रकाश पार्नु भएको थियो ।

विशेषांकका सम्पादक खिमानन्द पोखरेलले उपस्थित स्रष्टाहरुलाई स्वागत गर्दै पत्रिका प्रकाशन यात्रा बारे आफ्नो मन्तव्य राख्नु भएको थियो भने वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले शुभकामना दिनु भएको थियो । सो कार्यक्रमको संचालन हरि गौतमले गर्नु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...