Thursday, May 12, 2016

नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा अमेरिका जाने अवसर : भिडियो हेर्नु होला

नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म विश्व कै सम्राट राज्य न्युयोर्कमा हुदै छ l

उक्त मेलाको आयोजक वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसी रहेको छ l नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसी का अध्यक्ष बुद्धि प्रसाद रेग्मी संग डिसी महानगर क्षेत्र बाट संचालित ईनेप्लिजका लिइएको छोटो कुराकानी l

अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रबर्धन तथा नेपाल र अमेरिका बीच व्यापार विस्तार गर्नका लागि न्यूयोर्कमा नेपाली सामानहरुको प्रदर्शनी गरिने छ l उक्त तीन दिने मेलामा नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता हुने तथा अन्य जानकारीको लागि यो अन्तर्वार्ता अवस्य हेर्नु होला l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...