Sunday, May 1, 2016

नेपाल अमेरिका पत्रकार संघ, नेजाको अध्यक्ष पदमा मेरो उमेद्वारी घोषणा

सर्वप्रथम विश्व प्रेस स्वतन्त्रता दिवस २०१६ को यस अवसरमा पत्रकारिता पेशामा संलग्न विश्वभरी रहेका सम्पूर्ण पेशाकर्मीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । साथै पेशाको क्रममा ज्यान गुमाउनुभएकाप्रति हार्दिक श्रद्धान्जली अप्रण गर्दै घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यसै अवसरमा संसारभरका पेशाकर्मीहरुलाई संगठित भई पेशागत हकहितका लागि सदैव तयार रहनको लागि आग्रह गर्न चाहन्छु ।
क्यानडा लगायत उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था नेपाल अमेरिकानेजाको यहि मे ७ र ८ मा आयोजना भैरहेको पाँचौ अधिवेसन तथा दशौ साधारण सभामा तपाईसम्पूर्ण नेजा सदस्यहरु र उद्घाटनको क्रममा पाल्नुहुने प्रमुख अतिथि, अतिथी लगायत सवैलाई स्वागत गर्न चाहन्छु । उक्त अधिवेसनबाट चयन हुने नयाँ कार्यसमितिको अध्यक्ष पदको लागि मे १ मा वसेको नेजा कार्यसमितिको बैठकमार्फत घोषणा गरेको जानकारी गराउन चाहन्छु । अध्यक्ष पदमा घोषणा गरेको मेरो उमेद्वारीलाई सम्मानित कार्यसमितिले स्वागत एवं सुभकामना दिएकोमा हार्दिक आभार प्रकट गर्दै कार्यसमिति लगायत सल्लाहकारहरु र सम्पूर्ण नेजा सदस्यहरुको सहयोग र समर्थनको अपेक्षा गर्दछु । मेरो उमेद्वारी पेशाकर्मी सम्पूर्ण साथीहरु विशेष गरि क्यानडा र उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुमाझ घोषणा गर्न चाहन्छु । अन्तमा तपाईसवैलाई अधिवेसन स्थलमा भेट्ने अपेक्षा सहित धन्यवाद् ।

भोला आचार्य
वर्तमान महासचिव तथा अध्यक्ष पदका प्रत्यासी, नेपाल अमेरिका पत्रकार संघ, नेजा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...