Saturday, May 21, 2016

बुद्धका अमर उपदेशलाई मन, बचन र कर्मले पालना गरौंं: राष्ट्रपति भण्डारी

buddha-jayantai-2560-31

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा पाँच हजार अट्ने सभागृह बनाउने घोषणा गरेका छन् । २५६० औं बुद्ध जयन्तीको अवसरमा आयोजना गरिएको विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक वर्षभित्रमा उक्त सभागृह बनाउने घोषणा गरेका हुन् । उनले लुम्बिनी भगवान बुद्धको जन्मथलोसहित बुद्धत्वको प्रार्दुभाव भएको ठाँउ भएको बताए । प्रधानमन्त्री ओलीले बुद्धको जन्मभूमि र बुद्धत्वबादको विकासको विषयमा कुनै राजनीतिक विवाद र मतभेदको आवश्यकता नरहेको समेत बताए ।

उनले समारोहमा देशका प्रमुख राजनीतिक दलका प्रमुख नेताहरु सहभागी भएको उल्लेख गर्दै यस विषयमा कुनै राजनीतिक मतभेदको आवश्यकता नरहेको बताएका हुन् । ओलीले नेपालको पहिलो प्राथमिकता विकास भएको भन्दै त्यसको लागि आवश्यक भिजन र प्रतिबद्धता रहेको स्पष्ट पारेका थिए । ‘लुम्बिनीलाई बौद्धधर्मावलम्बी तथा अन्य नेपालीको पवित्र तीर्थस्थलको रुपमा विकास गरी जीवनमा एक पटक अनिवार्य रुपमा आउनुपर्ने ठाउँको रुपमा विकास गर्न चाहन्छौँ’, ओलीले भने । उनले जापानका प्राविधिज्ञ केजो टाँगेले ल्याएको योजनालाई समेत कार्यान्वयन गर्ने घोषणा गरे । ओलीले भने, ‘लुम्बिनीको विकासका लागि टाँगेले ल्याएको योजनालाई कार्यान्वयन गर्नका लागि हामी पहल गर्नेछौँ ।’ लुम्बिनीको विकास योजनालाई कार्यान्वयन गर्न २०४२ सालमा लुम्बिनी विकास कोष ऐन बनेपछि लुम्बिनीको गुरुयोजना कार्यान्वयन गर्ने हेतुले टांगेलाई नियुक्त गरिएको थियो ।

ओलीले लुम्बिनीको विकासका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए । ओलीले बुद्धको बारे सत्य, तथ्य जानकारकिा लागि शनिबार भएको भेलाले महत्वपूर्ण भूमिका खेल्ने समेत उल्लेख गरे । ‘यो समारोहले बुद्धत्वको बारेमा ज्ञान लिन पुलको काम गर्ने छ,’ ओलीले भने, ‘नेपाल सरकार बुद्धको जन्मथलोलाई बुद्धिज्मको मुहानको रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको छ ।’ यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुद्धका कारण छिमेकी राष्ट्रसँग नेपालको सम्बन्धलाई जोड्ने काम गरेको बताए । उनले बुद्धको शिक्षाले आफूलाई निर्दिष्ट र अशोक स्तम्भले प्रेरणा दिएको बताए । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले गौतम बुद्धले देखाएको शान्तिको बाटोमा सबै नेपालीहरु हिड्नुपर्ने बताए । कार्यक्रममा पर्यटन तथा संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलले १० बुँदे लुम्बिनी घोषणा पत्र जारी गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...