Wednesday, May 18, 2016

अमेरिकाको टेक्सासमा नेपाली खुकुरी तथा ढाका टोपीको प्रदर्शन

sabin 1

अमेरिकाको टेक्सास राज्यको डालसमा गत मे १४ तारिख यति च्याम्बर्स अफ कमर्सको पहलमा २६ औ होम डिपो एसियन उत्सवमा नेपालीको प्रतिनिधित्व गर्दै सहभागिता भै नेपालको परिचय दिन सफल भएको छ l

यति च्याम्बर्स अफ कमर्सको आयोजना तथा अनकन र युनाइटेड नेवा: अमेरिकाको सहयोगमा सम्पन्न कार्यक्रम बिहान ११:३० देखि बेलुकी ६ बजेसम्म चलेको थियो l नेपाल लगायत २० राष्ट्रले प्रतिनिधित्व गरेको उक्त उत्सवमा आ-आफ्नो देशको संस्कृति तथा पहिचान झल्काउने कला, पोशाक, नाच र खेलहरु प्रस्तुत गरेका थिए ।

sabin 3

नेपाली टोपी ,नेपाली पोशाक को साथै लाखे नांच पनि प्रस्तुत गरिएको थियो । उक्त उत्सवमा नेपाल,भारत, कम्बोडिया, भियतनाम, कोरिया लगायत २० देश संलग्न रहेका थिए l उत्सवमा एसियन खानाहरु, नाचगान, खेलकुद,कलाकृति, पोशाक, झाँकी, खेलकूद ,मार्शल आर्टका साथ साथै बालबालिकाहरु विभिन्न कार्यक्रमहरु राखिएको थिए । उत्सवको प्रायोजन नेपास हेरिटेज ट्राभल्स एंड टुर्सले गरेको थियो भने नेपाली प्रदर्शन कक्षमा नेपाली खुकुरी तथा नेपाली ढाका टोपी बिक्रिमा राखिएका थिए l

sabin 7

अमेरिकामा रहेका बिदेशी तथा अन्य देशका आप्रवासीलाई नेपाल बारे चिनाउने र प्रबर्धन गर्ने हेतुले पर्चा समेत वितरण गरिएको थियो। उत्सवमा कुमारीको तस्विर प्रदर्शनले बिदेशीहरु निकै अभिरुचिका साथ तस्बिर लिन घुइंचो लागेको थियो । कार्यक्रमको संयोजन नेपास हेरिटेज ट्राभल्स एंड टुर्सका संचालक सबिन्द्र थापाले गर्नु भएको थियो भने सहायक संयोजक बिएन पन्त रहनु भएको थियो।

अमेरिकामा नेपालको परिचय दिने प्रकारका कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउनु नै ठुलो कुरा हो ,संयोजक सबिन्द्र थापाले भने l उनले अगाडी भने नेपालको कला ,संस्कृति परम्परालाई बिदेशीहरुलाई जानकारी दिन पाउनु गौरव हो भन्दै आगामी दिनमा यस्ता कार्यक्रममा सहभागी हुने प्रतिबद्धता जाहेर गरे l

sabin 2 sabin6

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...