अमेरिकाको ओहायो राज्यमा सय बर्ष भन्दा अगाडी स्थापना भएको योङ्ग्सटाउन स्टेट युनिभर्सिटीले बिगतको ईतिहासमा नेपाली बिद्यार्थीले अत्यन्तै राम्रो योग्यता प्रदर्शन गरेकोले आगामी बर्ष सन् २०१७ अध्ययनको लागि समेत नेपाली बिद्यार्थीहरु द्वारा दरखास्तको अपेक्षा गरिएको छ l
उक्त विश्व बिद्यालयमा २०१६ मा नेपाली बिद्यार्थीको न्युनतम भर्ना भएको देखिन्छ l हरेक बर्ष विश्व बिद्यालयले नया बिद्यार्थी हरुलाई मौका दिने भएको हुदा नेपाली बिद्यार्थीले हात बाधेर बसे ठुलो मौका गुमाउने छन् l बिगतमा नेपली बिध्यार्थीहरुले ग्राजुएट असिस्टेन्टशिप प्राप्त गर्न सफल भएको कारण नेपाली बिद्यार्थीहरुका लागि उक्त विश्व बिध्यालयमा निकै सम्भावना देखिन्छ l
यो अवसर पाए बिद्यार्थीले थप अन्य विश्व बिद्यालयले दिने रकम जस्तै अध्ययन समाप्त नहुन्जेल मासिक रुपमा दिने गर्दछ l छात्रवृद्धि पनि पाउने र अतिरिक्त रकम पनि प्राप्त गर्ने भएकोले नेपाली बिद्यार्थीलाई ठुलो आर्थिक राहत हुने सोहि विश्व बिद्यालयमा अध्यापन गराउने सहायक प्राध्यापक डा सुरेश शर्माले जानकारी दिएका छन l
डा शर्माले अगाडी भने ,अमेरिकामा आफैले पढ्नु पर्ने अवस्थामा आफु पनि नेपाली नै भएको कारण नेपाली बिद्यार्थीले यो अवसर न गुमाउन भन्ने आफ्नो चाहना रहेकोले नेपाललाई महत्वका साथ यो मौका दिन लागेको उनले बताए l यो सुनौलो मौका आउदा मुकदर्शक भएर हेर्न नहुने बताए l
भर्ना हुँदा लाग्ने सामान्य दस्तुर बिद्यार्थीले दिनु पर्ने भएता पनि प्रक्रिया अगाडी बढाउने क्रममा विश्व बिध्यालयले लिने झन्डै ३ सय डलर भने नेपाली बिद्यार्थीलाई मिनाहा गरिएको डा शर्माले जानकारी गराएका छन् l अहिले पनि उक्त विश्व बिधालयमा ७ जना नेपाली बिद्यार्थीले छात्रवृद्धि पाएका छन् भने अन्य बिद्यार्थीहरु पनि अध्ययनरत छन् l
ग्राजुएट असिस्टेन्टशिप विश्वका सबै मुलुकका बिद्यार्थीको लागि हो ,विश्वबिधालय नेपाली संग मात्र पक्षपात भने नगर्ने डा शर्माले बताए l तर नेपाली बिद्यार्थीले राम्रो प्रदर्शन गर्ने भएकोले आगामी बर्ष नेपालीहरुले अधिकतम दरखास्त दिऊन भन्ने चाहना डा शर्माको रहेको छ l उक्त विश्व बिद्यालयमा ,त्रिभुवन विश्वबिद्यालय तथा नेपाली बिद्यार्थीको छबी उत्तम भएको कारण नेपाल पनि अरु देशहरु जस्तै प्राथमिकतामा देखिन्छ l
योङ्ग्सटाउन स्टेट युनिभर्सिटीमा स्नातक तथा बिद्या वारिधि सम्मको अध्यापन गराइन्छ l उक्त विश्व बिद्यालयमा बाणिज्य प्रशासन ,शिक्षा ,कला ,स्वास्थ्य तथा मानव सेवा ,सामाजिक बिज्ञान ,बिज्ञान ,प्रविधि ,अभियाँत्रिकी(इन्जिनीरिंग )तथा गणितआदि ईत्यादी बिषयमा समेत अध्ययन गर्न सकिने छन् l
योङ्ग्सटाउन स्टेट युनिभर्सिटीमा नेपाली बिध्यर्थिहरु निकै भएकोले जताततै नेपालीमय ,नेपालीपन ,नेपाली मै बोलचाल र खानाखाने स्थानमा समेत नेपालीहरुको जमघट हुने भएकोले आफु पुल्चोक क्याम्पसमा पढ़ेकोले पिल्चोकको छात्राबास जस्तो लाग्ने डा शर्माले बताए l
डा शर्माले अगाडी भने नेपाली मै पढाए पनि हुन्छ भनि नेपाली बिद्यार्थीहरुले भन्ने गरेको कुरा चर्चा गरे l शर्मा नेपाल सरकारको सरकारी अभियन्ता थिए भने सरकारी जागिर छोडेर आफ्नै प्रयासमा अमेरिका आई प्रतिस्प्रद्धाबाट आफु यो बिश्वबिद्यालयमा छिरेको बताए l
No comments:
Post a Comment