Monday, May 16, 2016

डिसीमा प्राज्ञ हरीबहादुर थापा रङ्ग मंच सम्राट द्वारा अभिनन्दित

गीति नाटक ‘मालती मंगले’ का चर्चित नायक हरी बहादुर थापालाई वाशिंगटन डिसीमा मे १४ तारिख अभिनन्दन गरिएको छ l डिसी महानगर क्षेत्रमा क्रियाशील रहेको गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजको पहल तथा अन्य डिसी क्षेत्रका संघ तथा संस्थाको सयुक्त सहयोगमा नाटकका धरोहर, वरिष्ठ कलाकार एवं प्राज्ञ थापालाई रंगमंच सम्राट उपाधिले अभिनन्दन गरिएको छ l

उक्त कार्यक्रममा प्राज्ञ हरीबहादुर थापाको उत्कृष्ट दश नाटकहरुको केही अंश समेत रहेको ‘पाईलाहरु’ नामक भिडीयो सिडी मन्चन गरियो l यसको साथै वरिष्ठ कलाकार थापाले जीवन्त अभिनयका साथ आफ्नो भूमिका निभाउनु भएको नाटकको भिडीयो प्रदर्शन गरियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...