Wednesday, May 25, 2016

मगमग चमेली ! !

ram chandra sharma

बालककाल फूलको डाली मगमग चमेली
बितायौ दिन खेलेर खालि मगमग चमेली

भाग्यको रेखा कोरियो साथि छुट्टियौ बिचैमा
समय कस्तो रहेछ जाली मगमग चमेली

कहा छौ तिमि के गर्छौ दिन बित्दछ कसोरी
बगैंचा कस्को सजायौ माली मगमग चमेली

ति दिन फेरी फर्कियुन भनि कल्पना गरेर
बोकेर हिड्छु पुजाको थालि मगमग चमेली

चाहे म डुलु समुद्रपारि कि खेलु आँगनमा
समंझु तिम्रै ओठ को लाली मगमग चमेली

सबैलाई भन बन्धकीमा छ यो माया भनेर
पक्का नै आउछु म येसपाली मगमग चमेली

रचौला राम्रो संसार हाम्रो यी दुख बिर्सेर
नचाउला भुरो पिटेर तालि मगमग चमेली

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...