Wednesday, May 25, 2016

अमेरिकामा पत्रकारको आंखाले अरुनै खोजेपछि

न्यूयोर्क, बिदेशमा बसेका नेपालीहरुको भावनालाई समेटेर तयार पारिएको लोकगित आखैंले खोज्यो तिमीलेमा पत्रकार सूर्य थापाले अभिनय गरेको भिडियो सार्वजानीक भएको छ । सिपी मगरको शब्द र संगित रहेको तथा सिपी मगर र संगिता थापाको स्वर रहेको गितमा पत्रकार थापा र संगीता थापाले अभिनय गरेका छन् ।

यसअघि आधुनिक गितमा समेत अभिनय गरिसकेका थापाको लोक गित भने पहिलो पटक अभिनय गरेका हुन् । चर्चित निर्देशक शुरेस दर्पण पोखरेलले निर्देशन गरेको भिडियो न्यूयोर्कमा छांयाकन गरिएको हो । पत्रकार थापाले यस भिडियोबाट बिदेशमा बसेका प्रेमि र नेपालमा रहेका प्रेमीका बिच भौतिक रुपमा टाढा भएपनि भावनामा संगै रहेको आभास दिलाउन खोजेको बताए ।

लाफा म्यूजिकले बजारमा ल्याएको भिडियोले बिदेशमा पुगेपछि नेपालमा रहेकी प्रेमिकालाई धोका दिन्छन् भन्ने कुरालाई गलत साबित गर्न खोजिएको छ ।

हेर्नुहोस् पुरा भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...