अमेरिकाकै पुरानो मध्येको एक नेपाली संस्था अमेरिका नेपाल सोसाइटी (ANS) ले आयोजना गरेको हेरिटेज नेपाल भेस्टिवलका लागी आफ्नो धमकेदार प्रस्तुति लिएर युवा कलाकारहरू आयुष रिमाल र निक्कि कार्कि वासिड्टन डिसी आई पुगेका छन!
यो महोत्सवमा नेपाली खाना,संगीत र नेपाली पहिचान झल्काउने सामाग्रीहरु राखिनेछ | अमेरिकाले हरेक वर्षको मे महिनालाई एसियन,प्यासिफिक अमेरिकन हेरिटेज महिनाको रुपमा मनाउने गर्दछ |
ANS ले मे २८ तारिख शनिवार साँझ नेपाली भाषा, कला र सस्कृतीको संरक्षण र सम्बर्दन गर्दै युवा सन्ततीहरुलाई एकै थलोमा आबद्द गरी सॉस्कृतिक कार्यक्रमको आयोजना गरेको हो! प्राय नेपाली भाषीहरूले आयोजना गर्ने कार्यक्रमहरूमा दोश्रो पुस्ताका युवाहरूको सहभागीता नदेखिएकोले यस पटक भने उनीहरू कै व्यापक सहभागीतामा हेरिटेज नेपाल उत्सव मनाई स्थानीय प्रतिभाशाली युवाहरूलाई प्रोत्साहन गर्ने थालनी भएकोमा युवा वर्ग अत्यन्त उत्साहि भएका छन!
अमेरिकामा यसरी नेपाली भाषी संस्थाहरूले युवाहरूलाई प्रतक्ष्य सहभागी गराई आयोजना गरीएको यस हेरिटेज नेपाल उत्सव कार्यक्रम नै अमेरिकाको पहिलो भएको ठानीएको छ!
आयोजकका अनुसार्, यस कार्यक्रमका लागी बिभिन्न राज्यहरु बाट समेत उल्लेखनीय युवाहरु आउने जानकारी प्राप्त भएकोले कार्यक्रमका लागी साँझ ४:३० बजे नै हेरन्डन हाईस्कुलमा आईपुग्न सम्पुर्ण स्थानीय वासिन्दाहरु लाई अनुरोध गरेको छ ।
No comments:
Post a Comment