Wednesday, May 4, 2016

आफ्नो पोख खुलेपछि रुक्माङ्गद कटवाललाई आपत, प्रचण्डमाथि…

नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालले पहिलो पटक प्रचण्डको प्रशंसा गरेका छन् । आफ्नो आत्मकथामा प्रचण्डमाथि निकै चोटिलो प्रहार गरेका उनले आफ्नो एक टेलिभिजन अन्तर्वार्तामा पहिलो पटक प्रचण्ड महान भएको बताएका हुन् । प्रधानसेनापति हुँदा कटवालले प्रचण्डको प्रधानमन्त्री पद नै धरापमा पारिदिएका थिए । कटवालकै कारण प्रचण्डले राजीनामा दिनुपरेको थियो । कटवाल पछिका सेनापति छत्रमानसिंह गुरुङले आफ्नो आत्मकथामार्फत कटवालको पोल खोलेपछि उनी प्रचण्डको पक्षमा उभिएका हुन् । यद्यपी अन्तर्वार्तामा उनले आफूलाई हटाउने प्रचण्डको कदम गलत भएको तर, त्यो गल्ती नै भएको भनेर प्रचण्डले स्वीकारेकाले उनी महान भएको बताए । पूर्व सेनापति गुरुङले कटवालले आफ्नो पदावधि थप्न कटवाल शक्ति केन्द्र धाएको खुलासा ‘जनताको छोरो’ नामक पुस्तकबाट गरेका थिए ।

हेर्नुस् पुरा भिडियोः –

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...