Monday, May 2, 2016

म भन्दिन काँग्रेसको ल्याकत ठिक छ: महामन्त्री कोइराला

Koirala with Freedom fighter

लसएन्जलस, २० वैशाख । अमेरिका भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्रियता, प्रजातन्त्र, समाजवादकै मार्गदर्शक सिद्धान्त बाट समृद्ध नेपालको तस्बिर दुनियाँले देख्ने उद्घोष गर्नु भएको छ । हामि र हाम्रो दल सुध्रिए मुलुक सुधिन्छ भन्दै आफु संग समृद्ध नेपालको तस्बिर भएको उद्घोष गर्नु भएको हो । जनसम्पर्क समिति दखिन क्यालिफोर्निया च्याप्टर सभापति मदन पाठकको सभापतित्वमा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा महामन्त्री कोइरालाले यस्तो उद्घोष गर्नु भएको हो ।

महामन्त्री कोइरालाले भन्नु भयो, ‘अन्यौलको भुमिरिमा पारे नेपाल राष्ट्रलाई छोटे राजाहरुले तर मेरो भनाई सम्म्मृद्धिको बाटो खोजौ भन्ने हो नमान्ने अतिवादीहरु ठेगान लाग्छन, म भन्दिन काँग्रेसको ल्याकत ठिक छ ।’

स्वतन्त्रता सेनानी गणेश बहादुर कार्कीलाई सम्मान गर्दै उहाँले थप्नु भयो, ‘प्रवासी नेपाली शक्ति हो तर नेताको झोला बोक्ने भरिया कति हुने ? विचार दिनुहोस मुलुकलाई । बिन्ति छ! नसके पैसा नदिनुहोला काँग्रेसलाई ।’

समारोह सभापति मदन पाठकको सभापतित्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...