न्युयोर्कको सन्निसाइडस्थित मालिङ्गो रेष्टुरेण्टमा मे ८, २०१६ का दिन वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे तथा नेपाली महावाणिज्यदूत नारायणप्रसाद मैनालीबाट साहित्यकार गीता खत्रीका शव्दहरुलाई उदीयमान गायिक पविता परियारको स्वर तथा संगीतकार जय कुमार, हरि लम्साल, यस कुमार, महेश खड्का, बसन्त सापकोटा, उदय सोताङ्गले संगीतवद्ध गर्नु भएको गीति अलबम दीपको लोकापर्ण गर्नु भयो ।
उक्त कार्यक्रममा भाग लिन बाल्टीमोर, भर्जिनिया, कनेक्टिकट तथा कोलाराडोबाट समेत साहित्यप्रेमी नेपाली दाजुभाइ दिदिबहिनीहरुको उपस्थिति थियो । उपस्थित पाहुनाहरुलाई कार्यक्रममा स्वागत गर्दै गीतकार गीता खत्रीले निर्जिब मेरा शब्दहरुलाई गायिका पबिता परियारको स्वर तथा वरिष्ठ संगीतकारहरुको संगीतको झंँकारले सजिब गराउन सफल भएकोमा हार्दिक धन्यवाद दिनु भयो ।
त्यसैगरि प्रमुख अतिथिको आसनबाट बोल्दै तुलसी घिमिरेले पैसाको भरमा अमेरिकातिर बस्नेले मात्र साहित्य लेख्ने गर्छन भन्ने नेपालतिरको हेराइ र दृष्टिकोण गलत रहेछ । यता बस्नेले साहित्य सिर्जना गर्दा अझ कठीन भएको मैले देख्ने मौका पाएं भन्नु भयो । यहांहरुको सिर्जनात्मक कार्यप्रति मैले हार्दिक धन्यवाद दिनै पर्छ र आगामी दिनहरुमा अझ राम्राराम्रा सिर्जनाहरु जन्मिन सकुन मेरो शुभकामना तपाईहरुको साथमा छ भन्नु भयो ।
कार्यक्रमका अवसरमा स्रष्टा र गायिकाको सम्बन्धमा छोटो भिडियो परिचय प्रस्तुत गर्नुका साथै दुइवटा भिजुलाइज गरिएका दुइवटा गीतहरु तथा कलाकार यशोदा राई र सानी कलाकार सिमरोन अधिकारीले दुइवटा नृत्य प्रदर्शन गरिएका थिए । कार्यक्रम संचालन पत्रकार श्री प्रदिप थापा परियारले गर्नु भएको थियो ।
No comments:
Post a Comment