Wednesday, May 25, 2016

भोलिको बन्दको प्रतिकात्मक बिरोध

SARGAM

ए बन्दकर्ता हो !
हाम्रा लालाबाला अस्पत्ताल जान नपाउँदा,
तिम्रा लाला बाला खुशीले झुमून्,
हाम्रा बाले सिटामोल किन्न नपाउँदा ,
तिम्रा बा लाई सुसारेले घेरून्,
हाम्री छोरी स्कूल जान नपाउँदा,
तिम्रा छोरा छोरी बिदेशमा पढून्,
मेरै मात्र क्षय होस,
बन्दकर्ता हो: तिम्रो जय होस्.,

मेरी श्रीमती,
प्रशव ब्यथाले घरमै मर्दा,
तिम्री श्रीमती,
जहाज चढेर शयर गरून्,
मेरो घरमा पानी नभई काकाकुल हुँदा,
तिम्रा घरमा टंकीभरि पानी होस्,
तिम्रो कुकुरलाई नुहाउन पुगोस,
मेरो मात्रै क्षय होस्
बन्दकर्ता हो : तिम्रो जय होस् …

मेरो घरमा अभावले चुल्हो नबल्दा,
तिम्रो घरमा भतेर चलोस,
मेरा बा लाई आर्यघाट लान नपाउँदा,
तिम्रा बाले पुनर्जीवन पाऊन् ,
मेरा आफन्त शहीद हुँदा,
तिम्रा आफन्त मन्त्री होऊन्,
म दुखले धुरु धुरु रुँदा,
तिमी झन्डावाल गाडीमा सवार हुनू:
मलाई ब्यथाले च्याँपिरहँदा ,
तिमीलाई काँडाले नघोचोस,
मेरै सिँढी चढेर,
तिमीलाई स्वर्ग जाने लक्ष्य मिलोस्,
मेरो खोलेमा नून नपुगीरहँदा,
तिमीलाई पाँचतारेमा शयन मिलोस,
मेरो मात्र क्षय होस,
बन्दकर्ता हो: तिम्रो जय होस् !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...