Wednesday, May 11, 2016

शुक्रबारदेखि दर्शकलाई ‘विरानो माया’ तान्ने

birano maya

काठमाडौं, । चलचित्र ‘विरानो माया’ आउँदो शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्रलाई सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । मौलिक कथामा आधारित भनिएको ‘बिरानो माया’ मा नेपाली मौलिक भाषा, संस्कृति र सभ्यतालाई कलात्मक रुपमा प्रस्तुत गरिएको निर्माणपक्षको दावी छ ।

चलचित्रमा श्रीदेव भट्टराई, रोहित रुम्बा, नम्रता सापकोटा र दिपाशा बिसीको मुख्य अभिनय छ । नायक श्रीदेवले आफू विरानो मायाबाट अत्यन्त उत्साहित भएको बताएका छन् । उनी भन्छन्, ‘चलचित्र विरानो माया प्रेममय चलचित्र हो, प्रेममा प्राप्ती तथा समर्पणमात्रै हुन्छ भन्ने पुरानो मान्यतालाई तोड्दै प्रतिक्षामा पनि प्रेमको शाब्दिक अर्थ लुकेको हुन्छ भन्ने विषयमा चलचित्रले प्रेमलाई मनोवैज्ञानिक रुपमा प्रस्तुत गरिएकाले दर्शकहरुले साथ दिनेछन् भन्नेमा विश्वस्त छु ।’

त्यस्तै, अर्का नायक रोहित रुम्बाले जीवनमै पहिलोपटक फरक विषयवस्तुमा बनेको चलचित्रमा काम गर्न पाएकाले विरानो माया खाश रहेको बताए । नायिका नम्रता सापकोटाले पनि चलचित्रको विषयवस्तु अनुसार बिरानो मायालाई दर्शकले रुचाउने दावी गरेकी छन् । ‘चलचित्र मौलिक छ, प्रेममय छ र मानविय संवेदनामा आधारित छ’ नम्रता भन्छिन्, ‘सबैले एकपटक हेर्नै पर्ने बनेको छ बिरानो माया ।’ चलचित्रमा रुपेश उप्रेतीको नृत्य, शंकर महर्जनको दन्द्ध, अनिल विरही र मनोजराजको संगीत रहेको छ । श्री मिडिया सर्च एण्ड मुभि मेकर प्रा.लि.को व्यानरमा निर्माण भएको यस चलचित्रमा मिलन लामा र सावित्री अधिकारीको लगानी रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...