गत बर्ष नेपालमा आएको महा विनासकारी भूकम्प बाट नेपालले ठुलो जनधनको क्षति बेहोर्नु परेकोले अमेरिकामा स्थापित सोरवे फाउन्डेसनको पहलमा अमेरिकाको पेनसेलभेनिया राज्यको पित्ट्सबर्गमा म्याराथुन दौड सम्पन्न भएको छ l
आपतकालीन खतरा न्यूनीकरण गर्ने र कालान्तरमा नेपाललाई भूकम्प बाट थप क्षति हुन् बाट कसरि बचाउने भन्ने हेतुले गरिएको कार्यक्रममा अमेरिकाका बिभिन्न राज्य तथा शहरमा रहेका बिभिन्न पेसामा संलग्न नेपाली समुदायका सदस्यले प्रत्यक्ष सहभागिता जनाएका छन् l
दि सोरवे फाउन्डेसन पित्ट्सबर्ग म्याराथुन २०१६ नामक कार्यक्रम गत मे १ ,२०१६ तारिखमा भब्यताको साथ सम्पन्न भएको छ l नेपालको पुनर्निर्माणको लागि २५ हजार डलर आर्थिक सहयोग जुटाउने लक्ष्य राखिएको भएता पनि पछिल्लो जानकारी अनुसार ६ हजार ५ सय डलर संकलन भै सकेको छ l
सोरवे फाउन्डेसन ,इन्टरनेसनल डेवलपमेन्ट इन्सटीट्युट ,वाशिंगटन डिसी तथा अपरेसन्स नमस्ते नामक तीन संस्थाको सयुक्त आयोजनामा पित्ट्सबर्ग म्याराथुन २०१६ नामक कार्यक्रम गरेको हो l
सुमन तिम्सिना ,माइक कोबोल्ड ,जेसिका कोसिस्कक ,मुकेश कुमार सिंह ,जेम्स ल्याण्डन ,परशु नेपाल ,राजु गड्तौला तथा संचार कर्मी राम चन्द्र खरेलले म्याराथुन दौडमा सहभागिता जनाएका थिए l सहभागिताको मुख्य उद्धेश्य नेपालको पुनर्निर्माणमा सहयोग गर्नु रहेको छ l
यी तीन संस्थाको पहलमा आगामी सेप्टेम्बर महिनामा युद्धमा घाइते अमेरिकी सैनिक र बिकालंग योद्धा (एथलेट ) लाई नेपाल लाने कार्यक्रम रहेको बताएका छन् l कार्यक्रमको उद्धेश्य नेपाल लाई विकलाङ्ग पर्यटक को गन्तब्य बनाउन र जागरुक ल्याउन गरिने भएको छ l म्याराथुनमा उठेको सम्पूर्ण रकम नेपालको पुनर्निर्माणमा मात्र खर्च गरिने बताइएको छ l
No comments:
Post a Comment