Thursday, May 26, 2016

चिनियाँ रेल नेपाल हुँदै बिहार पुर्याउने योजनाले दिल्लीमा फेरि रुवाबासी

चीनले नेपाल हुँदै आफ्नो रेललाई भारतको विहारसम्म विस्तार गर्ने योजना सार्वजनिक गरेपछि नयाँ दिल्लीमा रुवाबासी र खैलाबैला मच्चिएको छ । भारतीय टेभी च्यानल जी न्यूजले त भिडियो बनाएर भारतले गरेको शंका र चिन्तालाई प्रष्टसँग देखाएको छ । उसले भिडियोमा चिनियाँ रेल विहार पुग्नु भनेको दक्षिण एसियामै भारतलाई कमजोर पार्ने षडयन्त्र हो भनिएको छ । यसबाट भारत बेलैमा केही गर्नुपर्ने र बच्नुपर्ने भन्दै भारतीय पक्ष आत्तिएको संकेत गरिएको छ । चिनियाँ पत्रिका ‘ग्लोबल टाइम्स’ ले बुधबार (आज)को अंकमा सन् २०२० सम्ममा चिनियाँ रेल नेपाल पुग्ने र त्यहाँबाट विहारसम्म पुगाउने चीनको योजना रहेको उल्लेख गरेपछि भारतमा नयाँ तरंग पैदा भएको छ ।

हेर्नुस् सनसनीपूर्ण भिडियोः –

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...