Thursday, May 5, 2016

भागेर यसरी दिल्लीको शरणमा गएका थिए राजा त्रिभुवन

प्रजातन्त्र प्राप्तिका लागि कांग्रेसको नेतृत्वमा भएको आन्दोलनका बेला २००७ साल कात्तिक २२ गतेका दिन राजा त्रिभुवन आफ्नो परिवारसहित भागेर काठमाडौँको भारतीय दूतावासमा शरण लिन पुगेका थिए । त्यहाँबाट भारतकै पहलमा उनलाई विमानबाट दिल्ली पुर्याइएको थियो । त्यसक्रममा राजा त्रिभुवन झण्डै साढे तीन महिना भारतमा शरणार्थीका रुपमा बसेका थिए । नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्तिको बलमा धेरै भूभाग कब्जा गरिसकेपछि राणा सरकार, कांग्रेस र राजाबीच भारतको मध्यस्थतामा त्रिपक्षीय सहमति भएपछि बल्ल फागुन ४ गते त्रिभुवन नेपाल फर्किए । दिल्लीबाट फर्किएर उनले फागुन ७ गते शाही घोषणाबाट प्रजातन्त्र स्थापना भएको उद्घोष गरे । त्यसलगत्तै कांग्रेस नेता विपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।

हेर्नुस् दुर्लभ भिडियो: – 

दिल्लीबाट फर्किएपछि यस्तो थियो सम्बोधनः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...