Tuesday, May 31, 2016
“पेरिसमा हुने १३औ नेपाल महोत्सवको तयारी पूरा भयो”
मेलाको कार्यक्रम ३ जुनको शुक्रबार साँझबाट प्रारम्भ भई आइतवार राती समाप्त हुने गरेकोछ । मेलामा नेपाली राजदूतावास लगायत फ्रान्सका नेपाली मैत्रीसंघहरु र अन्य तीसौ संघ संस्थाले आ-आफ्नो स्टल राखेर पेरिसको ठूलो जनसमुदाय आगन्तुकलाई आ-आफ्नो संघ संस्थाको कृयाकलापको जानकारी दिदै संघ संस्थाको कोष वृद्धिकोलागि राखिएको सर-सामान बिक्री गर्दछन् । आयोजक संघले मेला स्थलमै नेपाली खानको साथै जिलेवी , सेल , पकौडा, मम आदि तयार गरेर बिक्री गर्ने परम्परा बनेको छ । मन्दिर परिसर भित्र भव्य मन्चमा नेपालको हिमाल, पहाड, उपत्याका र तराईका बिभिन्न नेपाली लोक सांस्कृतिक नृत्यहरु अटुटरुपमा संचालन भइरहेको हुन्छ भने नेपाली पुरातत्व, कला, संस्कृति, प्राकृतिक सम्पदा र प्रयटनका विज्ञहरुद्वारा दशौ विषयमा प्रवचन पनि गरिनेछ । नेपाली ध्वजा पतका र झन्डाले सिंगारिएको मेला स्थलमा नेपाली विविध संगीतका स्वर र धूनले जो कोही पदयात्रीलाई पनि प्रवेश गर्न आकर्षक पार्दछ । मेलाको २ दिनमा ५००० पाँच हजार दर्शक हुने अपेक्षा गरिएको छ । मेलाको प्रवेश शुल्क केवल ३.५०/- युरो हुने गरेकोछ । मात्रीभूमि नेपाल र नेपालीकै हितकोलागी संचालित यो मेला सफल बनाउन नेपाली सांस्कृतिक गृह पेरिस फ्रान्स, सम्पूर्ण नेपाली र फ्रेन्च मित्रहरुलाई हार्दिक अनुरोध गर्दछ । साथै मेलामा भाग लिन फ्रान्स र युरोपका नेपाली दाजु भाइ दिदी वहिनीहरुलाई आमन्त्रण गर्दछ ।
http://ift.tt/25z4XE6
0033(0)618087751
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment