Wednesday, May 18, 2016

संघीय गठबन्धनको बालुवाटर घेराउमा झडप, डेढ दर्जन घाईते

DSC08101

काठमाडौ, ४ जेठ । संविधान पुर्नलेखनको माग गर्दै राजधानी केन्द्रीत आन्दोलन गरिरहेको संघीय गठबन्धले आज बाट सुरु गरेको प्रधानमन्त्री निवास बालुवाटार घेराउ कार्यक्रममा प्रहरी र आन्दोलनकारीवीच झडप भएको छ ।
प्रहरीले उनीहरुको बालुवाटार प्रवेश रोक्ने गरी लगाएको बार तोड्ने क्रममा प्रहरी र आन्दोलनकारीवीच झडप भएको छ । झडपमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य विश्वजंग बस्नेतसहित करिब डेढ दर्जन घाईते भएका छन ।
घाईते हुनेहरुमा रञ्जित गोस्वामी, सन्तोष मेहता, अर्जुन साह, ओमप्रकाश यादव, घनश्याम साह, मुन्ना हलुवाई, प्रकाश लिम्बु, रिता मेहता, कृष्ण साह लगायतका घाईते भएका छन ।

6571

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...