Tuesday, May 17, 2016

मधेस आन्दोलनमा जनताको समर्थन छैनः शान्तिमन्त्री ढकाल

DSC00025-800x600

काठमाडौ, ४ जेठ । शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले मधेस आन्दोलन मधेसी जनताको नभई त्यहाँका पोलिटिकल एलिटहरुको मात्रै भएको ठोकुवा गरेका छन । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले आन्दोलनमा मधेसी जनताको समर्थन नभएको समेत दावी गरे ।
उनले भने,‘ मधेस आन्दोलनमा मधेसी जनताको समर्थन भएको भए काठमाडौमा होईन, मधेसमा आन्दोलन हुने थियो ।’
मन्त्री ढकालले सरकार बार्ता र संबादमार्फत संविधान संसोधनको पक्षमा भएपनि आन्दोलनकारीले उठाएको पुर्नलेखनको पक्षमा नरहेको स्पष्ट पार्दै बार्तामा आए आन्दोलनकारीहरुसँग छलफल गरेर संविधान संसोधनमार्फत समस्या समाधान गर्न तयार रहेको बताए ।
उनले भने,‘ बार्ताकोलागि प्रधानमन्त्रीले पटक पटक आब्हान गरिसक्नु भएको छ, बार्ता टोलीले पत्र नै पठाईसकेको छ । तर उहाँहरु नै बार्ता गर्दिनौ भन्नु हुन्छ । यसले को बार्ताको पक्षमा छ छैन भन्ने स्पष्ट पार्छ ।’
आन्दोलनरत संघीय गठबन्धनको माग स्पष्ट नभएको भन्दै अधिकांशमागहरु संविधान संसोधनपछि पुरा भएको दावी गरे ।
मन्त्री ढकालले उच्चस्तरीय राजनीति समितिको नेतृत्वमा आपत्ति भए त्यसलाई समेत परिवर्तन गर्न सकिने स्पष्ट पार्दै संविधानको सपथ खाएर मन्त्री भईसकेको ब्यक्तिको विषयमा पुरा कुरा कोट्याउन नहुने तर्क गरे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...