Tuesday, May 17, 2016

अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा युगकवी सिद्धीचरण श्रेष्ठको जन्म जयन्ती एबम बिशेष साहित्यिक कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा अमेरिकाको भर्जिनिया मनासस शहरमा युगकवी सिद्धीचरण श्रेष्ठको जन्म जयन्ती एबम एउटा बिशेष साहित्यिक कार्यक्रमको । कार्यक्रममा कविता गजल गीतहरु मात्र प्रस्तुत भएनन पेट मिचिमिची हंसाउने खाँटी प्रस्तुतिहरु पनि भए । पुराना देखी नयाँ सम्म साहित्यिक ब्यक्तित्वहरुको जमघटमा भएको कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष राम प्रसाद खनालको सभापतित्व, उपाध्यक्ष भूपनारायण घर्तिमगर र महासचिब राम अधिकारीको संयुक्त सँचालन, कोसाध्यक्ष एबम उक्त कार्यक्रमका सँयोजक, हाँस्य कलाकार पुस्कर पन्तको स्वागत भासणमा सम्पन्न भएको थियो । कार्यक्रममा किशोर केसीको कबिता गीत गजल सँग्रह “उनीसँग” को बिमोचन गरियो । यसै गरी समाजसेवी, अन्तरराष्ट्रिय कानून बिद डा. होम बहादुर थापालाई सम्मान गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...